मोडल करुणको मिस नेपाल बन्ने लक्ष्य


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ फागुन

करुण राउत मोडलिङमा स्थापित हुँदै गरेको नाम हो । उनी पछिल्लो समय अष्ट्रेलियामा बसेर मोडलिङ गरिरहेकी छिन् ।

१५ बर्षको उमेरमा इभेन्ट फर यु ले आयोजना गरेको ‘मिस एसईई पोखरा’ बाट करुणा गल्यामर क्षेत्रमा प्रवेश गरेकी हुन् । ‘मिस एस ई ई पोखरा’मा सेकेन्ड रनरअप भएपछि उनले पोखरामा धेरै फेशन शोहरुमा क्याटवाक गर्ने मौका पाइन ।

मोडलिङमा रुची भएकोले आफ्नो पढाई संगसगै करुणाले र्याम्प शोलाई पनि निरन्तरता दिँदै गईन। ‘ग्लेम फेशन नाइट’ मेरो पहिलो रन वे शो हो ।

‘सुरुमा क्याटवाक गर्दा नर्भस भएको थिए, तर पछि स्टेजमा जाँदा नर्भसनेस हरायो’ र्याम्प शोको पहिलो अनुभव सुनाउदै उनले भनिन् ।

पोखरामा रनवे शोहरु गर्दा गर्दै करुणा पढाईको लागि अस्ट्रेलिया गइन् । हाल अस्ट्रेलियाको वेस्टर्न सिड्नी युनिभार्सिटीमा नर्सिंगमा स्नातक अध्यन गरिरहेकी उनी अस्ट्रेलिया आएर पनि धेरै र्यम्प शोहरुमा सहभागी भईन । यसका साथै हलिवुड डिजाइनर रक्की गेदरकोलको फेशन शोमा पनि क्याटवाक गरिसकेकी करुणा सिड्नी न्यु साउथ वाल्समा सम्पन्न ‘मिस ग्लेमर लुक अस्ट्रेलिया २०१९’ मा नेपालको प्रतितिधित्व गर्दै टप फाइभमा पुगेकी थिइन ।

यसका साथै उनले मिस पपुल्यारिटी टाइटल जित्न सफल भएकी थिईन् । अस्ट्रेलियामा मोडलिङ सँगसगै कार्यक्रम प्रस्तोताको रुपमा आफुलाई व्यस्त बनाएकी करुणाले केही महिना अघि नेपथ्यको कन्सर्टमा इभेन्ट होस्ट गरेकी थिइन । ग्य्राजुयसन पछि मिस नेपालमा सहभागी हुने चाहना रहेको उनले ब्युटी न्युज नेपाललाई बताएकी छिन् ।

प्रस्तुति – जयन सुब्बा मानन्धर