मोडल दीपाको यात्रा निर्देशनतिर


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ फागुन

१४ बर्षको उमेरमा गायिका सिन्धु मल्लको बतीसै लक्षण…गीतको म्युजिक भिडियोमा मोडेलिङ गरेर अभिनयय यात्रा सुरु गरेकी मोडल दीपा शाक्य हुन् । दीपाले यतीबेला गायिका देविका बन्दनाको नयाँ गीतको निर्देशन गरेर भिडियो निर्देशन यात्रा पनि सुरु गरेकी हुन् ।

उनले सिन्धु मल्लको गीतपछि गायक रामकृष्ण ढकाल, यश कुमारसहित थुप्रै कलाकारको गीतको भिडियोमा अभिनय गरिन् । उनले अन्य २ दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा मोडलको रुपमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् ।

नाच्नमा पोख्त भएकै कारण उनलाई धेरै म्युजिक भिडियो अफर आउने गथ्र्यो । उनी आफ्नो डान्सको कोरियोग्राफी आफैं गर्थिन । यसै सिलसिलामा डान्सबाटै उनलाई धेरै देशहरु घुम्ने अबसर मिल्यो । उनले कला प्रस्तुतिको क्रममा कतार, सिंगापुर, दुबई, लन्डन, चीन, भारत भ्रमण गरेकी छिन् । कलाकारिताकै सिलसिला उनी ९ बर्ष लन्डनमा रहिन र यहाँ बस्दा डान्स कोरियोग्राफी, म्युजिक भिडियो, मोडलिङसँगै र्याम्प शोमा पनि ब्यस्त भईन् ।

९ बर्षको लामो बसाइपछि उनी अहिले नेपाल फर्केर आफ्नो कलाकारितालाई पनि निरन्तरता दिंदै छिन् । उनले पोखरामा बिजी एरोबिक्स एण्ड डान्स एकेडमी संचालन गर्दै आएकी छन् । मोडलिङ, डान्स कोरियोग्राफर हुँदै अब उनको नया कदम निर्देशन तर्फ लम्किएको छ ।

भर्खरै मात्र गायिका देविका बन्दनाको मारुनी गीत भोलीलाई कसले पो देख्या छ …को म्युजिक भिडियो निर्देशन पनि दीपाले गरेकी छिन् । आफुले निर्देशन गरेको पहिलो म्युजिक भिडियो धेरैले मनपराएपछि हौसिएकी दीपाले चाडै नै अर्को म्युजिक भिडियो निर्देशन गर्ने बताएकी छिन् । भविष्यमा चलचित्रको निर्देशन आफ्नो लक्ष्य रहेको पनि उनले बताइन् ।

प्रस्तुती : जयन सुब्बा मानन्धर