गजित र अञ्जलीको यस्तो माया…


ब्युटी न्युज नेपाल
काठमाडौं, २ फागुन

भुवन अधिकारीको स्वरमा नयाँ गीत यस्तो माया…को भिडियो बजारमा आएको छ । यो गीतमा प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीत रहेको छ ।

गीतको भिडियो सुशील पंगेनीले निर्देशन गरेका हुन् । भ्यालेन्टाइन्स डेको अबसर पारेर ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । फिल्म निर्देशनको तयारीमा रहेका स्क्रिप्ट राइटर पंगेनीले पहिलोपटक म्युजीक भिडियो निर्देशन गरेका हुन् ।

भिडियोमा अभिनेता गजित बिष्ट र मोडल अञ्जली अधिकारीको रोमान्स प्रस्तुत गरिएको छ । गीतमा पति पत्नीबीचको प्रेम र सम्पर्णभाव प्रस्तुत गरिएको छ । सुमनकुमार तण्डुकारले खिचेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् ।