गायक डिबीको नयाँ गीत तिमीले पनि सताउँछौ…रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ

गायक डिबी खड्काले आफ्नो नयाँ गीत ‘तिमिले पनि सताउछौ, मैले पनि सताउछु…’को भिडियो दर्शकमाझ ल्याएका छन् । संगीतकार समेत रहेका गायकगायक डिबीको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।

यो गीतमा डिबीलाई स्वरमा साथ चर्चित गायिका मेलिना राईले दिएकी छन् । कलेज जीवनमा हुन प्रेम र रोमान्सको थिममा गीतको म्युजिक भिडियो तयार भएको छ ।

भिडियोमा समुन्द्र वाग्ले र याङ्सु श्रेष्ठको अभिनय देख्न सकिन्छ । क्रान्ती केसीको सम्पादन तथा निर्देशन रहेको भिडियोको कोरियोग्राफी अजय रेग्मीले गरेका हुन् ।

रत्न बेहोसी र रामकुमार राईको शब्द रहेको गीतमा संगीत डिबी खड्काले भरेका छन् । गीत डान्सिङ रोमान्टीक शैलीमा तयार भएको । गायक तथा संगीतकार डिबी खड्काले यस अगाडि थुप्रै चर्चित गीत दिइसकेका छन् ।