फिल्म रोक्छु भन्दै बिराजसँग १० लाख मागियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ

भिनेता बिराज भट्टको प्रदर्शन हुन लागेको चलचित्र साङ्लो यतीबेला एउटा गीत काण्डको कारण चर्चामा छ । यो चलचित्र २४ माघ शुक्रबारबाट सिनेमा हलमा रिलिज हुँदैछ ।

आफ्नो चलचित्रमा राखिएको गीत झ्याम्मै आँखा झ्याम्मै…गीतको कारण अहिले समस्या झेल्नु परेको बिराजले बताएका छन्,‘म त चलचित्र सेन्सर गर्ने, इनकोडिङको लागि मुम्बई पठाउने भनेर साङ्लो कम्प्लिट गर्ने तयारीमा थिएँ । तर मैले सँगीतकार सुरेश अधिकारीसँग किनेको गीत यतीेबेला अर्कैको हो भनेर महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको कुरा सुन्दा अहिले निकै तनावमा छु ।’बिराजले भने,‘ सिनेमाको रिलिज तीन तीन बाँकी हुँदा म सेन्सर सहित सबै फिल्मको काम छाडेर यही गीतको लफडामा विभिन्न ठाउँमा धाईरहेको छु । सुदीप भूपाल सिंह कार्कीले आफ्नो गीत भनेर अधिकारको लागि प्रहरीमा उजुरी दिनु भएको रहेछ ।’ यो गीतको शब्द बापत आफुले ५० हजार पारिश्रमिक दिँदा पनि नलिएको उल्टै १० लाख रुपैयाँ माग गरेपछि आफुले तनाव झेल्नु परेको बिराजले बताएका छन् ।

सुदीप आफैं बिगतमा चलचित्र निर्देशकको रुपमा रहेको र फिल्म रिलिज हुन तीन दिन बाँकी हुँदा फिल्मको रिलिज यही कान्डलाई अघिसारेर रोक्ने प्रयास गरिएको पनि अभिनेता बिराज भट्टले बताएका छन् । यो गीत सँगीत अधिकारीसँग आफुले किनेको बताउँदै अभिनेता बिराजले यो चलचित्र आफ्नो चलचित्रमा राख्ने र चलचित्रलाई २४ माघमै रिलिज गर्ने बताएका छन् ।

यो गीतको गीतकारको रुपमा चलचित्र विकाश बोर्डमा सुरेश अधिकारीको नाममै राखिएको पनि अभिनेता विराजले बताएका छन् । सम्पूर्ण गीतको अधिकार सुरेशमा निहित रहेको जानकारी पाएपछि आफुले किनेको पनि बिराजल स्पष्ट पारेका छन् । चलचित्र रिलिजको काम रोकेर यतीबेला आफु गीतको मुद्दामा दौड्नु परेको भन्दै बिराजले सहयोगको अपिल गरेका छन् ।