नवनीत आदित्यले ल्याईन ढिकी कुटी…


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ

गायिका नवनीत आदित्य वाइबाले नयाँ गीत ढिकी कुटी…को भिडियो सार्वजनिक गरेकी छिन् । पूर्विय लोक लयमा आधारित यो गीतमा उनी आफैं मोडलको रुपमा प्रस्तुत भएकी छिन् ।

दिवँगत लोकगायिका हिरादेवी वाईवाकी छोरी नवनीत केही समय यताबाट गायनमा छिन् । सिलिगुडी, दार्जिलिङमा रहेर लोकगीत संगीतका माध्यमबाट लोकगायिकाको रुपमा उनले आफुलाई सक्रिय बनाउँदै आएकी छिन् । यसै क्रममा यो नयाँ गीत ल्याएकी हुन् ।

महिलाहरुका पिडा, वेदना र चुनौतीका बिषयमा गीत गाउन रुचाउने नवनीतका गीतहरुमा नेपाली समाजको झझल्को पाइन्छ । यो गीतमा एउटी युवती अथवा महिलाले आफ्नो जीवनकालमा देख्ने भोग्ने विभिन्न ऋतुहरुको बयान गरिएको छ ।

गीत अनुसार सुरुवातमा उ संग रुप र यौवन हुन्छ । उसको रुप र यौवनको लोभले उसलाई पाउन चाहनेहरुको प्रेममा उ भुल्न पुग्छे । अन्तत जब उ एक्ली हुन्छे उसले जीवनमा निराशा र अन्धकार महसुश गर्न पुग्छे । धरान, नागाल्याण्ड र पश्चिम दार्जिलिङ पहाडमा छायाँकन गरिएको यो भिडियोमा प्राकृतिक सुन्दताको छटा प्रस्तुत छ ।

यस गीतको रचना पनि गायिका नवीनत आदित्य वाइबाले गरेकी हुन् । गीतमा संगीत गायिका वाइबा र सत्य आदित्य वाइबाको रहेको छ । गीतको संगीत संयोजन रुबिन कुमार श्रेष्ठको छ ।
यो गीतको भिडियोलाई नेलसन तामाङले छायांकन र सम्पादन गरेका हुन् । भिडियोमा नवनितका भाइ सत्य आदित्य वाइबाको निर्देशन रहेको छ ।

एयरलाइन्सको जागिर पश्चात हाल उनि आफ्नी आमाकै पेशामा फर्किएकी छिन । आमाकै पुराना गीतहरुलाई उनि र उनका भाइ मिलेर पुन प्रकाशनमा ल्याएर यसघि सन् २०१७ मा ‘आमालाई श्रदान्जली’ एल्वम समेत बजारमा ल्याएकी थिईन् ।