ब्युटी न्युज नेपाल
काठमाडौं, २० माघ

चलचित्र चपली हाईटको पहिलो गीतको भिडियो दर्शकमाझ आएको छ । रिलिज कार्यक्रममा गीतको भिडियो प्रशारण नहुँदा कार्यक्रम स्थलमा निर्माता अजुन कुमार देखि सारा युनिट तनावमा देखिए ।

पत्रकारलाई बोलाएको भन्दा डेढ घन्टा पछि सुरु भएको कार्यक्रममा चलचित्रको गीतको भिडियो प्रशारण नहुँदा युनिटले तनाव झेल्नु परेको हो । पछि पुन भिडियो देखाएर कार्यक्रम टुँग्याईयो । पछि कार्यक्रम रमाईलो भयो ।

आगामी २८ चैतमा दुई नेपाली चलचित्र प्रेम गीत ३ र चपली हाईट ३ रिलिज हुँदैछ । यी दुबै चलचित्रले गीत रिलिजसँगै प्रतिस्पर्धामुकल प्रचार सुरु गरेका छन् । चलचित्र प्रेम गीत ३ को नयाँ गीत हात्ती ढुँगाको भिडियो २१ माघमा रिलिज गरिँदा त्यो भन्दा एक दिन अघि नै चलचित्र चपली हाईट ३ को गीत चार आनाको मसला…को भिडियो रिलिज गरिएको हो ।

सुवास भुसालले सँगीत गरेको यो गीत सँगीतकार राजनराज सिवाकोटीको फ्लेबरको गीत बनेको अरोप लागेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का, महेश त्रिपाठी, आमिर गौतम, सुपुष्पा भट्टलगायत सबैको नृत्य रहेको छ ।

प्रदीप लामाको नृत्य निर्देशन रहेको गीतको नृत्य भने आकर्षक बनेको छ । गीत लोक फ्लेबरको छ । गीतलाई डिस्कोमा नचाईएको छ । प्रदीप सहित फिल्मका मुख्य कलाकारको नृत्य आकर्षक छ । यो गीतमा अस्मिता अधिकारी र राज खम्बुको स्वर रहेको छ । यो चलचित्र अर्जुन कुमारले निर्माण गरेका हुन् । यसका निर्देशक निकेश खड्का हुन् ।