ब्युटी न्युज नेपाल
काठमाडौं, १९ माघ

गायक राजेश घिमिरेले नयाँ गीत ‘ढल्क्यो जोवन…’ दर्शकमाझ ल्याएका छन् । उनले यो गीतको भिडियो सुत्र टिभीको युट्युब च्यानलबाट रिलिज गरेका हुन् । दिपक आरजेको संगीत रहेको गीतको शब्द रचना संगीतकार आरजे र वाईपी जोशीले गरेका छन् । उनीहरु नेपाल आइडलका म्युजिसियन हुन् ।

गीतको सार्वजनिक भिडियोमा म्युजिसियनहरु आफै देखिएका छन् । गिटारमा देवासिस तामाङ, किबोर्डमा प्रज्वल लामा, ड्रम्समा रुपेश सिंह गुरुङ, सारङ्गीमा मनिष गन्धर्व, क्लासिक भोकलमा किरण पौडेल, बासुरीमा हरिश सिंह र शम्भु बानियाँ देखिएका हुन् ।

मोक्ष प्रोडक्सनमा सम्पादन गरिएको भिडियोमा निर्देशक तथा सम्पादक प्रविन श्रेष्ठले निर्देशन गरेका हुन् । जसमा ज्ञानेन्द्र शर्माको छायाँकन छ ।

विगत लामो समयदेखि अष्ट्रेलियामा रहेर पनि संगीत क्षेत्रमा आवद्ध राजेश घिमिरे त्यँहाको नेपाली व्याण्ड र्याड्स स्टुडियोमा सक्रिय छन् । उनले अष्ट्रेलियामा आयोजना हुने थुप्रै नेपाली साँगीतिक कार्यक्रमको रोटेपिङ इन्टरटेनमेन्ट मार्फत म्यानेजमेन्टको जिम्मेवारी सम्हालि सकेका छन् ।

https://youtu.be/tYPqiV1PspU