काठमाडौंमा किताव जात्रा


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ माघ

किताब यात्रा फाउण्डेशनको आयोजनामा पुस्तक पारखीका लागि शनिबारबाट काठमाडौंमा ‘किताब जात्रा’ २०२० सुरु भएको छ । ‘लाखे नाच’ प्रस्तुतिसँगै जात्राको उद्घाटन गरियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ट कलाकार हरिवंश आचार्यले पछिल्लो समय पठक संस्कृतिको विकास भएकाले किताबको भविष्य उज्ववल भएको बताए । नेपालमा हुने जात्राहरुमा किताब जात्राले पनि नयाँपन भित्र्याएको हरिवंशको भनाई थियो । कार्यक्रममा उनले भने, ‘जात्रा नेपालमा एकदमै राम्रो हुन्छ। काठमाडौंमा घर घरमा खाना डेलिभरी गर्ने धेरै छन्। किताब घर घरमा पुर्याउने काम थाहा थिएन। यो साहित्यको सेवा पनि हो। यसबाट म एकदमै खुसी छु।’

किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारीले आफूले पठन संस्कृतिको विकास गर्न सबैमा पुर्याउने र साहित्यलाई जोड्ने उद्देश्यले किताब जात्राको आयोजना गरिएको बताए । सो क्रममा यात्रा फाउण्डेशनले २०२०को ‘प्रेम साहित्य सम्मान’ लेखक सरुभक्तलाई प्रदान गरेको छ ।

प्रेमप्रसाद अधिकारीको स्मृतिमा यसवर्षदेखि प्रदान गर्न लागिएको उक्त पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रहेको छ । २०१२ को भाद्रमा पोखरामा जन्मेका सरुभक्तकाले उपन्यास, नाटक, मुक्तत लगायतक विभिन्न विद्यामा सशक्त कलम चलाएका छन्। ‘सिर्जनालाई मानवीय अहम्को उदात्तिकरण परिभाषित गर्दै प्रयोग गर्नुभएको पूर्णताउन्मुख शून्यवादले नेपाली साहित्यको दार्शनिक मानक स्थापना गर्न सफल भएको ठहर गर्दै यस बर्षको प्रेम साहित्य सम्मान प्रदान गरिएको सो सम्मान पत्रमा उल्लेख छ ।

लेखक सरुभक्तले अतिरिक्त मौलिक साहित्य सिर्जना गर्नमा आफू सदैव लागिरहेको बताए,‘हामी धेरै ज्ञान, दर्शन, विज्ञानबाट पीडित छौँ। जसबाट हामी बाहिर निस्केर मौलिक चिन्तन गर्न सकिरहेका छैनौँ, ’ उनले भने, ‘हामी यही पोखरीभित्र रहने हो भने अतिरिक्त मौलिक साहित्य कसरी सिर्जना गर्न सक्छौँ?’ यस्तो अबस्थामा आफूले पाठकको अपेक्षालाई पूरा गर्ने मौलिक प्रयत्न गर्ने उनले बताए ।