के यो माया भन्दै चिरञ्जिवी र सृष्टीको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ माघ

मोडल तथा गीतकार चिरञ्जिवी अधिकारी र सृष्टी खड्का नयाँ गीतको भिडियोमा प्रस्तुत भएका छन् । चिरञ्जिवीले नै लेखेको नयाँ गीत के यो माया हो…को भिडियोमा यी दुई रोमाञ्चक भूमिकामा प्रस्तुत भएका छन् । उनीहरुलाई भिडियोमा प्रेमजोडीको रुपमा प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोलाई युट्युवबाट सार्वजनिक भएको छ । यो गीतलाई गोविन्द राई र अनु चौधरीले गाएका हुन् । जसमा चिरञ्जिवी अधिकारीको शब्द र दिपकराज बिश्वकर्माको संगीत रहेको छ ।

यो गीतको भिडियोलाई सम्पादक समेत रहेका निसान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफी प्रमोद कुमार भण्डारीको रहेको छ । यो भिडियोलाई बुद्द थापाले छायाँकन गरेका हुन् ।