कलाकार चयनसँगै गोर्खा वारीयरको बेलायतबाट प्रचार सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ माघ

ब्रिटिस गोर्खा आर्मीहरु संसारभर चर्चित छन् । ब्रिटिस गोर्खा आर्मीको शाहसिक कार्यलाई अब चलचित्रमा उतारिने भएको छ । निर्देशक मिलन चाम्सले चलचित्रमा उतार्ने भएका छन् ।

अझ भारतमा नेपाली गोर्खाली सैनिकहरुको त छुट्टै पल्टन गोर्खा राईफल्स नै छ । नेपाल सहित बेलायत, भारत, सिँगापुर, ब्रुनाईलगायत धेरै देशमा वीर गोर्खालीको रुपमा साहसिक कार्यबाट ख्याती कमाएर सेवारत गोर्खा आर्मीहरुको शाहसिक कार्यलाई अब गोर्खा वारीयर’ चलचित्रमा चाम्सले उतार्न लागेका हुन् ।

सन २०२१ मा विश्वव्यापी रिलिज गर्ने लक्ष्य सहित निर्देशक चम्सले नयाँ चलचित्र ‘गोर्खा वारीयर’ निर्माण निर्देशन गर्ने भएका छन् । यसै क्रममा चलचित्रको बेलायतमा प्रचार सुरु गरिएको छ । शुक्रबारबाट बेलायतका पब्लिक बसहरुमा चलचित्र गोर्खा वारीयरको पोष्टर सहित प्रचार सुरु गरिएको छ । लन्डनमा विश्व प्रिमियर गर्ने क्रममा १० हजार दर्शक भेला पार्ने उदेश्यले अहिलेदेखि त्यहाँको डबल डेकर बस मार्फत शुक्रबारबाट प्रचार सुरु गरिएको निर्देशक चाम्सले जानकारी गराएका छन् ।

यसै क्रममा यो चलचित्रका मुख्य कलाकार चयन गरिएको छ । गोर्खा वारीयरबाट रितेस चाम्सले नायकको रुपमा डेब्यु गर्दैछन् । यस्तै दयाहाङ राई, वर्षा सिवाकोटी, प्रसान्त तामाङ (इन्डियन आईडल), क्याप्टेन बिजय लामा, बुद्दी तामाङ, माओत्सब गुरुङ, रुपा पुन, कविता आलेसहितका कलाकार पनि यो चलचित्रमा चयन भईसकेका छन् ।

यो चलचित्रको आलेख प्रदीप भारद्धाजले सम्पन्न गरिसकेका छन । भने अहिले अन्य कलाकारसँगै टेक्निसिनय चयनको कार्य चलिरहेको छ । यो चलचित्रलाई लन्डन सिने आई प्रोडक्सनले निर्माण गर्ने भएका छ । विश्वका चर्चित युद्धमा संसार हल्लाउने बीर गोर्खाली नेपालीको शाहसिक कार्यसँगै युद्धमा उनीहरुको शाहसिक सफलताका कथाहरुमा यो चलचित्र निर्माण हुने निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।