छोराका बाउ बने तक्मे बुढा


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ माघ

चलचित्रमा तक्मे बुढोको रुपमा पौढ कलाकारको भूमिकामा देखिँदै आए पनि हास्य अभिनेता विल्सन विक्रम राई भरखर पहिलो सन्तानको पीता बनेको छन् । उनलाई बुधबार पुत्रलाभ भएको छ ।

आफ्नो जन्म दिनकै दिन उनलाई पुत्रलाभ भएको हो । विल्सनकी श्रीमती सरिना लामाले बुधबार छोरा जन्माएकी हुन् । एक केही दिन अघि अस्पताल भर्ना भएकी सरिनाको अप्रेसनबाट सन्तान भएको हो ।

अभिनेता विल्सनले पुत्रलाभ भएको खबर फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । पत्नी र पुत्र दुबैको स्वास्थ्य राम्रो भएको पनि उनले बताएका छन् ।

अभिनेता विल्सनले सरिनासँग गत वर्ष फागुनमा प्रेम विवाह गरेका थिए । विवाहको खबर उनले केही दिन गोप्य राखे पनि पछि मिडियाकर्मीले सार्वजनिक गरेका थिए ।