सिनेमा हलमा चलचित्र ‘कमाण्डर’


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, १० माघ

केही समय यताबाट नेपाली चलचित्र हलमा आएको छैन । यसैबीच १० माघबाट नेपाली चलचित्र ‘कमाण्डर’ रिलिज भएको छ ।

कमाण्डरले एकल प्रदर्शनको अवसर पाएको छ । फिल्ममा अनुपबिक्रम शाही, रबिन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका द्धय साधना सिलवाल र सगुन थापा मुख्य भूमिकामा छन् ।

समसायिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका बिकृतिबिरुद्धको अवाजका रुपमा अथ्र्याइएको फिल्मको लेखन, निर्माण र निर्देशन एलआर बिबेकले गरेका हुन् । इमान्दार प्रहरी अधिकृतले समाजमा ब्याप्त भ्रष्टाचार, तस्करी, कालोबजारी नियन्त्रण तथा निर्मुलका लागि के कस्तो परिस्थितिसँग जुध्ने गर्दछ भन्ने बिषयमा निर्माण गरिएको फिल्मले भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देश समेत प्रवाह गरेको निर्देशक सापकोटाले बताए ।

दिब्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको हो । सुपेरियर फिल्मस्को ब्यानरमा निर्मीत फिल्मको सहनिर्मातामा सावनजंग राना छन् ।