अभिनेत्री वर्षसँग कार्टुन क्रुजका सरोज आश्माको डलर


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ माघ

र्यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीले आफ्नो आवाजमा रहेको नयाँ गीत डलर…को भिडियो सार्वजनिक गरेका छन् । नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीतमा रहेको गीतमा आर्जन स्वयम् र वर्षा राउत, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ ।

गायक आर्जन यस अघि घाँटी भन्दा तल त राम्रै हो बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा र विवादमा तानिएका थिए। यस गीतमा भने उसको तारिफ भएको छ।

चर्चित कोरियोग्राफर गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने इन्टेन्स्ड इल्डले सम्पादन गरेको छ। मनोज बस्नेतको निर्माणमा बनेको डलर गीतको भिडियोलाई एटके एभरेष्ट मोसन पिक्चर्सले युट्युवमा सार्वजनिक गरेको हो।