ब्युटी न्युज नेपाल
काठमाडौं, ७ माघ

अन्तत गायिका आस्था राउतले प्रहरीले पक्राउ गर्ने नै भएको छ । सो पक्राउको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत लिईसकेको छ । आस्थाको बि?द्ध सामाजिक सञ्जालमा व्यापक गाली र प्रतिक्रियासँगै प्रहरीको समर्थन आएपछि प्रहरीको मनोबल बढेको आरोप लागेको छ । त्यसैले प्रहरीले आस्थालाई पक्राउ गर्ने तयारी गरिरहेको छ । यसै प्रसँगमा यहाँ एक रिपोर्ट प्रस्तुत गरिएको छ ।

आफ्नो महिला प्रहरी जवान रमितासँगको अभद्र व्यवहारको आरोप र सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर प्रहरी सँगठनलाई नै विभिन्न गाली गरेको कारण गायिका आस्था राउतलाई नेपाल प्रहरीले पक्राउ गर्ने भएको छ । गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहरीले आईतबार नै पुर्जी लिईसकेको छ ।

गत बुधबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा चेकजाँचको क्रममा आफूलाई एक महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै गायिका आस्था राउतले प्रहरीविरुद्ध अपशब्द बोल्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । जुन राम्रो काम हैन ।

विमान स्थलमा महिला प्रहरी र गायिका राउतबीच भएको विवादको भिडियो सार्वजनिक भएपछि यो प्रकरणले नयाँ मोड लिएको हो । सो भिडियो सात दिन यताबाट भाईरल छ । बिमान स्थलमा चेकजाँचको भिडियो पनि टिआईए मार्फत बाहिर आईसकेको छ । यी दुबै भिडियोको आधारमा प्रहरीले आस्थालाई कारवाहीको दायरामा ल्याउन लागेको हो ।

विमान स्थलमा चेकजाँचमा संलग्न महिला प्रहरी रमिताले आफूवि?द्ध दुव्र्यवहार भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी दिएकी छन् । सोही उजुरी र चेकजाँचको भिडियोको आधारमा ती महिला प्रहरीले उजुरी दिएकी हुन् । यसै क्रममा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरीले गायिका आस्थालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गर्ने तयारी भएको हो ।

आफुमाथि अन्याय भएको भन्दै महिला प्रहरी जवानले प्रमाणसहित उजुरी दिएका कारण यो प्रकरणमा दुबै पक्षलाई बोलाएर कारवाही अघि बढाउने उपत्यका प्रहरी प्रमुख विश्वराज पोखरेलले बताईसकेका छन् । उपत्यका प्रहरी प्रमुख पोखरेलले यो प्रकरणमा अनुसन्धान भइरहेको र जो दोषी भए पनि कारबाही गर्ने उनले बताएका छन् ।

गायिका राउत कन्सर्टका लागि अहिले भारतमा छिन् । गएको बधुबार काठमाडौंबाट भद्रपुर पुगेकी गायिका राउत कन्सर्टका लागि सिक्किम पुगेकी छन् । उनी कन्सर्टसकेर मँगलबार बेलुकोसम्म काठमाडौं पर्किने बताईएको छ । तर मँगलबार दिउँसोसम्म उनी सम्पर्कबाहिर रहेकाले प्रहरीले उनलाई अहिले फरार सूचीमा राखेको छ । उनी नेपाल आए लगत्तै उनलाई प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा बोलाएर यो बिषयमा बयान लिने भएको छ ।

यी गायिकाले आफूलाई महिला प्रहरीले तँ भनेको भन्दै सामाजिक सञ्जालमा भिडियोमार्फत आक्रोश पोखेकी हुन् । सो भिडियो आएपछि आफूवि?द्ध व्यापक आलोचन सामाजिक सञ्जालमा आएपछि यी गायिकाले लगत्तै माफी मागिन् । उनले त्यो गालीगलौजको भिडियो पनि हटाएकी छन् ।

यतीबेला एकथरीले गायिका आस्थालाई प्रहरी महिलाले सभ्य व्यवहार गरिनुपथ्र्यो भनेर उनको पक्षमा आबाज उठाएका छन् । अर्काथरीले सेलिब्रेटी भैसकेकी आस्थाले एक महिला प्रहरीको व्यवहारप्रति प्रहरी सँगठनलाई नै आँच पुग्नेगरी गाली गलौचको भिडियो सार्वजनिक गरिनु हुँदैन थियो भनेका छन् । यो प्रकरणमा बहुसँख्यक दर्शक श्रोता प्रहरीको पक्षमा देखिएपछि गायिका आस्थाको विषयमा कलाकारहरुले बल्ल आबाज उठाउन थालेका छन् ।