रोजिना मिस ग्ल्याम नेपाल


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ माघ

जनकपुरकी रोजिना बस्नेत सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२० घोषित भएकी छिन् । राजधानीको ठमेल स्थित छायाँ सेन्टरमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उनी उपाधि बिजेता बनेकी हुन् । उनलाई उपाधिसँगै क्राउन, नगद र गिफ्ट ह्याम्पर अभिनेत्री बसुन्धरा भुसालले प्रदान गरिन् ।

१३ जान अन्तिम प्रतिस्पर्धी रहेको प्रतियोगीतामा बर्दिबासकी रेनुका बोगटी फष्ट रनरअप, धरानकी सम्झना परियार सेकेण्ड रनरअप घोषित भए । यस्तै प्रतियोगितामा पोखराकी पूर्णिमा गुरुङले मिस ट्यालेन्ट र भ्युर्अस च्वाइस, सुर्खेतकी लक्ष्मी चौधरीले अर्गेनाइजर च्वाइस, काठमाडौंकी स्मारिका शेरचन मिस वेष्ट पर्सानालिटी, ईलामकी विज्ञान सारु मगर मिस कन्फिडेन्ट, सुर्खेतकी तुलसी पुलामी मगरले मिस बेष्ट हेयर र भक्तपुरकी प्रकृति अधिकारीले मिस डिसिप्लेन घोषित भए ।

अरोमा इन्टरटेन्मेनटले आयोजना गरेको सो कार्यक्रममा गायिका सत्यकला राई, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका मिरुना मगर, निर्देशक मुस्कान ढकाल, मिस नेपाल आइडल २०१९ निमा लामु शेर्पा र ब्युटिसियन शशी शाह निर्णायक थिए ।