५४ विधामा एपिक अवार्ड, किरण र बिदूरलाई सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ माघ

दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ विभिन्न ५४ विधामा प्रदान गरिएको छ । राजधानीस्थित राष्ट्रिय सभागृहमा एक समारोहबीच यो अवार्ड प्रदान गरिएको हो ।
एपिक नेपाल म्युजिक प्रा.लिको आयनेजनामा सम्पन्न अवार्ड समारोहमा नेपाली सँगीतमा ६ दशक लामो योगदान पुर्याएको भन्दै गीतकार किरण खरेललाई १५ हजार रुपियासहित एपिक दिर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ ।

यस्तै अग्रज रँग पत्रकार विदुर गिरीलाई एपिक कला पत्रकारीता सम्मानद्धारा सम्मान गरीएको छ । यी दुबै व्यक्तिलाई पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले सम्मानपत्र सहित सो सम्मान प्रदान गरेका हुन् ।

समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीतको अवार्ड मलाई मेरै नेपाल को माया छबाट… शान्ति प्रियलाई प्रदान गरियो । यस्तै आधूनिकतर्फ गायकको अवार्ड, जिस्काउथे म…बाट सुमन कुमार श्रेष्ठले, गायिकाको अवार्ड भर्खरै चिनजान…बाट स्मृति शाहीले, गीतकारको आवर्ड सन्तान को शिर उठाउन…बाट डा. डि आर उपाध्यायले, संगीताकारको अवार्ड हास्न सिकायौ…बाट राजकुमार बगरले प्राप्त गरे ।

अधुनिक तर्फ नै मोडेल पुरुषको अवार्ड म हारेको छैन…बाट सनम कठायतले, मोडेल महिलाको अवार्ड मेरो सपना…बाट टीना श्रेष्ठले, म्यूजिक भिडियो छाँयाकारको अवार्ड खुट्टा भए जुत्ता कति…बाट उत्सब दाहालले, म्यूजिक भिडियो निर्देशकको अवार्ड तिम्रै हु म…बाट जनक सिहले थापे ।

आधूनिक गायक पपुलरतर्फको अवार्ड कृष्ण राज भण्डारीले, आधूनिक (नव प्रतिभा ) तर्फ गायकको अवार्ड तिमी र म… बाट उज्वल गिरीले, गीतकारको अवार्ड तिम्रै यादमा…बाट कैलाश मैनालीले, मोडेल पुरुषको अवार्ड मृत्युमा एउटै चित्ता…बाट नवीन शिरिसले, मोडेल महिलाको अवार्ड ए सानी…बाट समीक्षा पोखरेलले हाँसिल गरे । यस्तै लोक, पप, युगल, चलचित्र जस्ता विभिन्न विधामा यो अवार्ड प्रदान गरियो ।