शिलाष्मा र आयुषको मिलनमा शिशिरको वियोग


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ माघ

मिसेस टुरिजम एम्बेस्डर वल्र्ड बिजेता शिलाष्मा हमाल मल्लसँग र कलाकार शिशिर भण्डारीले आफु मरिसकेपछिको कुरा गर्दैछन् । गायक दिनेश गौतमको नयाँ वियोगान्त गीत ‘म मरिसकेपछि…’ गीतको भिडियोमा शिशिरले  मरिसकेपछिको अबस्थाको पीडा पोखेका हुन् ।

यो गीतको भिडियो युट्युवबाट सार्वजनक गरिएको छ । भिडियोमा शिशिर र शिलाष्माको प्रेमका बाधक बनेर अर्का अभिनेता आयुष रिजाल आएका छन् । जसमा शिलाष्मा शिक्षक र शिशिर विधार्थीको रुपमा प्रस्तुत भएका छन् ।

शिलाष्माको दाम्पत्य सम्बन्ध आयुषसँग सुरु भएपछि वियोगमा शिशिर छट्पटिन्छन् । यसै कथा बोकेको यो गीतको भिडियोमा दिपेन्द्र काकीको पनि अभिनय देख्न पाईन्छ । आयुष, शिशिर र शिलाष्माले राम्रो काम गरेका छन् । उनीहरुको केमेष्ट्री जमेको छ ।

यो गीतलाई पुरुषोत्तम बस्नेतले लेखेका हुन् । जसमा पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । म मरिसकेपछि… गीत पुरुषोत्तम बस्नेतको प्रभाव एल्बममा समावेश छ ।

यो गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । लामो समयदेखि म्युजिक भिडियो निर्देशनमा क्रियाशिल विधानले गीतको भिडियोलाई राम्रो बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन । भिडियोमा खर्च र मेहनत दुबै देखिन्छ ।