सात वर्षपछि कृष्ण समीपको नयाँ गीत (भिडियो सहित)


ब्युटी न्युज नेपाल
काठमाडौ, ३ माघ

गायक कृष्ण समीप सुवेदीले नयाँ गीत गीत सार्वजनिक गरेका छन् । उनले सात बर्षपछि आफ्नै प्रस्तुतीमा चल न माया चल…गीतको भिडियो यूट्यूब मार्फत सार्वजनिक गरेका हुन् ।

शब्द तथा संगीत गायक स्वयंको रहेको छ भने स्वरमा गायिका कृष्णा खनालले साथ दिएकी छन् । गीतको भिडियोमा सुन्दर एस.डि.एस. ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

यसअघि ‘सिर सिर बतास’, ’मेरो कल्पनामा आउने मान्छे तिमी’, ’मनको तिर्खा मेट्न’, ’माझी दाईको जिन्दगी’ जस्ता आधुनिक, पप, लोक तथा दोहोरी गीतहरुका गायक सुवेदीले यसपटक लामो समयपछि पुनस् संगीतमा फर्किँदा फरक गीत लिएर आएको बताए । यस गीतमा हरेक पक्ष उत्कृष्ट बनाउने प्रयास गरिएको उनले बताए ।