बिराट सडक महोत्सवमा गायक अनिल सिंहले दर्शक नचाए


ब्युटी न्युज नेपाल
विराटनगर, ३ माघ

 बिराटनगरमा आयोजित ‘विराट सडक महोत्सव–२०७६’ लाई  पप गायक अनिल सिंहले संगीतमय बनाएका छन् । बिराटनगरको महेन्द्रचौक (हिमालय रोड) मा आयोजित सडक महोत्सवको पहिलो दिनको कार्यक्रममा गायक सिंहले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

भाइरल इभेन्ट्सले आयोजना गरेको उक्त सांगीतिक कार्यक्रममा गायक सिंहले आफ्ना एक दर्जनभन्दा बढि लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गायक सिंहले आफ्ना लोकप्रिय गीतहरु प्रेमपत्र, आई लभ यू, सक्छौ भने विष देउ, डुब्न देउ मलाई, इन्जिन गाडीमा, मैले जानि सकें, कुर्नु कुराउनु, परी आदि प्रस्तुत गरेका थिए ।

‘आँखाले देखुञ्जेलसम्म दर्शकको उपस्थितिले म भावुक बनें, बिराटनगरको कार्यक्रमपछि गायक सिंहको प्रतिक्रिया थियो,‘करिव १४ वर्ष विराटनगरमा यसरी प्रस्तुत हुँदा दर्शकहरुबाट पाएको अपार माया र सद्भाव म कहिले भुल्ने छैन ।’

माघे संक्रान्तिको दिनदेखि प्रारम्भ भएको चार दिने बिराट सडक महोत्सव शनिवारसम्म सञ्चालन हुने छ । सडक महोत्सवमा खाना, संगीत र संस्कृतिलाई मुख्य प्राथमिकता दिइएको आयोजक संस्थाले जनाएको छ ।