प्रल्हाद र शान्तको गीतमा सोनाल र कविताको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ पुष

प्रल्हाद तिमल्सिनाको नयाँ गीतको भिडियो रिलिज भएको छ । गायक प्रल्हादसँगै गायिका शान्ता खत्री कार्कीको स्वरमा रहेको नयाँ गीत ‘कसो कसो माया बस्यो…’को भिडियो युट्युबबाट रिलिज गरिएको हो ।

भिडियोको रुपमा रिलिज भएको यो गीतलाई गायिका शान्ता खत्री कार्कीले नै लेखेकी हुन् । जसमा रिमेश कुमारले सँगीत गरेका छन् ।

यो गीतको भिडियोमा सोनाल तामाङ, कविता राय मुख्य भूमिकामा छन् । अर्की माडल फरिता खड्का पनि भिडियोमा मोडलको रुपमा छिन् । गीतमा कोरियोग्राफी हरिश खनालको रहेको छ । हरिशले भिडियोलाई नृत्यप्रधान बनाएका छन् ।

कसो कसो मायाँ बस्यो…को निर्देशन सञ्चारकर्मी कुमार आचार्यले गरेका हुन् । उनी पछिल्लो समय भिडियो निर्देशनमा क्रियाशिल छन् । भिडियोलाई रवि कोइरालाले खिचेका हुन् । जसमा बिष्णु खड्काको सम्पादन रहेको छ ।