दुःखको काँडालाई रुचाए दर्शकले


ब्युटी न्युज नेपाल

काठमाडौं, २७ पुष

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीत ‘दुखको काँडा…’ को भिडियो पनि सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियोले रिलिज भएको ६० घन्टामै १० लाख भ्युज पाईसकेको छ । दर्शकले गीतलाई रुचाएका छ । गीत निकै माधुर्य बनेको छ ।

गीतको भिडियोलाई राम्रो बनाउन पुरा मेहनत गरिएको छ । चलचित्र म यस्तो गीत गाउँछु २ को यो गीतमा अभिनेत्री पुजा चन्द र अभिनेता पल शाहबीचको प्रेम सम्बन्धको आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।

अष्ट्रेलियामा बस्दै आएका गीतकार देवल भण्डारीले यो गीत लेखेका हुन् । जसमा अर्जुन पोखरेलको संगीत छ । गीतलाई ‘द भ्वाइस अफ नेपाल – सिजन २’का फाइनल प्रतिष्पर्धी सनिश श्रेष्ठले गाएका छन् । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

आगामी २३ फागुनमा रिलिज गरिने भनिएको यो चलचित्रमा पूजा र पलसँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायसहितका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रलाई पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् । जसमा सौरभ लामाको छायांकन, सुदर्शन थापाको कथा, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, शिवम अधिकारी र दिनेश न्यौपानेको  पटकथा छ ।