रुवी पोखरेलको सांगीतिक आँशु सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ पुष

गीतकार रुवी पोखरेलको पहिलो गीतीसँग्रहमा ‘रुवी’ मा रहेको भनिएको गीत ‘आँशु…’ भिडियो सार्वजनिक गरिएको छ । काठमाडौमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

पोखरावासी गीतकार पोखरेल हाल हङकङ बस्दै आएकी छन् । यही गीत सार्वजनिक गर्न आफु नेपाल आएको उनले बताईन् । कार्यक्रममा अग्रज पत्रकार शान्ति प्रिय, सोही गीतका संगीतकार सुनिल मास्के, शब्द रचनाकार रुवी पोखरेल, गायिका प्राश्ना शाक्य, संगीत संयोजक प्रदीप श्रेष्ठ र संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राईले यो गीतको बिमोचन गरे । पत्रकारहरुलाई नै कार्यक्रमको मुख्य अथिति भनिएको सो कार्यक्रममा रुबीको गीतबारे चर्चा गरियो ।

उनको पहिलो गीत ‘आँशु’ नामक गीतको संगीत सुनिल मास्केको रहेको छ । गायिका प्राश्ना शाक्यको एकल आवाजमा रहेको यो गीतको मिडियोको निर्देशन युवराज वाइवाले गरेका छन् भने उत्सव दाहालले सो भिडियो खिचेका हुन् ।
गीतको शब्द र भिडियोले यथार्थ घटनालाई स्मरण गराएको छ । विकास दाहालको सम्पादन रहेको भिडियोमा जीवन भट्टराई र इस्टु कार्कीको अभिनय रहेको छ ।