मातृ शोकमा अभिनेत्री ऋचा


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ पुष

अभिनेत्री ऋचा शर्मा यतीबेला मातृशोकमा छिन् । उनलाई शुक्रबार मातृशोक परेको हो । ऋचाकी आमा रीनादेवी शर्माको शुक्रबार राती निधन भएको हो । रीनादेवी ६७ वर्षकी थिइन् । उनी लामो समयदेखि अस्वस्थ रहेकी थिईन् ।

अभिनेत्री ऋचा शर्मा एक महिना अघि दाम्पत्य सम्बन्धमा बाँधिएकी हुन् । आमाको स्वास्थ्य लामो समयदेखि खराब थियो । आमाको चाहना पनि छोरीको चाँडो भन्दा चाँडो विवाह होस भन्ने थियो । उनको विवाह हुँदा आमा अस्पतालमै उपचारको क्रममा थिईन् ।

यो दुःख घडीमा दिवँगत आत्माको चीर शान्तिको कामना सहित अभिनेत्री ऋचा शर्मा र शर्मा परिवारप्रति ब्युटी न्युज नेपाल हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।