ब्युटी न्युज नेपाल
काठमाडौं, १८ पुष

मलेशियामा यतीबेला २१ देशका महिलाहरु मिसेस टुरिजम एम्बेस्डर युनिभर्स २०२० का लागि प्रतिस्पर्धारत छन् । यो प्रतियोगिताको लागि नेपालबाट मोडल तथा मिसेस टुरिजम एम्बेस्डर २०२० बिजेता शिलास्मा मल्ल हमाल सहभागी छिन् ।

शुक्रबार बेलुका ब्युटी न्युज नेपालसँग कुरा गर्दै शिलास्माले भनिन्,‘शनिबार साँझ मिसेस टुरिजम एम्बेस्डर युनिभर्स २०२० को फाईनल छ । हामी एशिया, युरोप, अफ्रिका लगायतका महाद्धिपका २१ जना महिला प्रतिस्पर्धीहरु अन्तिम प्रतिस्पर्धामा छौं ।’ केही वर्षदेखि म्युजिक भिडियोमा सक्रिय शिलास्मा पछिल्लो समयकी व्यस्त मोडल हुन् ।

मिस ब्युटी न्युज २०१८ की बिजेता शिलास्मा मिसेस टुरिजम एम्बेस्डर युनिभर्स २०२० को फाईनलमा आफुलाई सफल रुपमा प्रस्तुत गर्नेमा विश्वस्त छिन् । शनिबार बेलुका हुने अन्तिम प्रतिस्पर्धामा कल्चर प्रस्तुति सहित विभिन्न प्रस्तुति आफुले दिने शिलास्माले बताएकी छिन् । उनी यो प्रतियोगितामा भाग लिन सोमबार मलेशियाको कोलालाम्पुर पुगेकी हुन् ।