रमेश चन्द र अंशुको दिलकी परी…


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ पुष

गायक दिपक बिसीले नयाँ गीत ल्याएका छन् । उनले यो गीतको भिडियो युट्युबाट रिलिज गरेका छन् । यो गीतमा सुरज उदार तिम्सिनाको शब्द, दिपक बिसी र राजेश कैदीको सुमधुर सङ्गीत रहेको छ । सङ्गीत संयोजनको काम भने सुमन केसीले गरेका छन् ।

गायक दिपकको दिलकी परी…बोलको यो गीतको भिडियो रमाईलो बनेको छ । यो गीतको भिडियोमा मोडल रमेश चन्द सोडारी र अंशु ओलीले अभिनय गरेका छन् । म्युजिक भिडियोमा एउटा परदेशीको प्रेमकथामा देखाईएको छ ।

यो भिडियोमा बुद्ध थापाको छायांकन, डिनसन शाहको सम्पादन, बिमला तामाङको शृङ्गार र केशव राज भट्टको सहायक निर्देशनमा रहेको छ । यो भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन ।