सपनाले ल्याईन लोक दोहोरी सपना…


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ पुष

गायिका सपना थापाले नयाँ गीत बजारमा ल्याएकी छिन् । गायिका सपनाले नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना…’ बजारमा ल्याएकी हुन् ।

गायिका सपनाले गीतसँगै यसको भिडियो पनि रिलिज गरेकी छिन् । सार्बजनिक गीतमा गायिका थापालाई गायक मेक्सम खातीले स्वरमा साथ दिएका छन् । गीतको भिडियोमा विवाहित पुरुष र अबिबाहित युवतीको माया प्रेमलाई दर्साइएको छ । यो दोहोरी गीत निकै राम्रो बनेको छ ।

गायिका सपनाको यो गीतको भिडियोमा लोमश शर्मा, रेखा थापा र लक्ष्मी शर्माले अभिनय गरेका छन् । यो गीतलाई सागर प्रधानले शब्द तथा संगीत गरेका हुन् । जसमा महेश बिक्रम पाण्डेको एरेन्ज रहेको छ ।
गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोलाई २एसआर नेपालको च्यानलबाट रिलिज गरिएको हो ।