भरतलाल र पुस्कारलालको सम्झनामा अवार्ड स्थापना


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ पुष

दिवँगत पत्रकार तथा सञ्चार उद्यमी स्व. पुष्करलाल श्रेष्ठ र उनका पिता समाजसेवी तथा व्यवसायी स्व. भरतलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स प्रालिले सम्मान अवार्ड स्थापना गरेको छ ।
सो अवार्ड यही १९ पुस काठमाडौंमा आयोजना हुने कामना फिल्म अवार्डस् २०७६ समारोहमा प्रदान गरिने भएको छ । कामना प्रकाशनले बुधबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।
यो दुई सम्मानको ‘भरतलाल ह्युम्यानिटेरियन अवार्ड’ र ‘पुष्करलाल मिडिया अवार्ड’ नाम राखिएको छ । यस सम्मानहरु क्रमशः समाज सेवा र नेपाली मिडियाका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरुलाई प्रदान गरिने छ ।

लायन्स क्लबलगायतका समाजसेवी संस्थामा रहेर आजीवन सेवा पु¥याएका भरतलाल २०७२ सालमा दिवंगत भएका थिए । भरतलाल पहिलो नेपाली फिल्म अवार्डका प्रणेता तथा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर थिए ।

कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा मिडिया उद्यमी एवम् सिर्जनशील पत्रकार पुष्करलाल श्रेष्ठको ६१ वर्षको अल्पायुमै गत वैशाख ४ गते निधन भयो । पुष्करलाल निजी क्षेत्रमा प्रकाशन गृह तथा मिडिया समूह सञ्चालन गरेर खासगरी छापा माध्यममा अपूर्व योगदान दिदै चलचित्र र मनोरञ्जनको विधामा पत्रकारिताको थालनी गर्ने व्यक्तित्व, जसले नेपालमा २०४१ सालमै यस कार्यको प्रारम्भ गरेका थिए ।
भरतलाल ह्युम्यानिटेरियन अवार्ड पाउनेहरुमा समाजसेवामा निरन्तर लागिरहेका एवम् मानवीय कार्यमा समर्पित व्यक्तित्व हुनेछन् ।

त्यसैगरी, पुष्करलाल मिडिया अवार्डका हकदारहरुमानेपाली मिडिया क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका तथानेपाली सञ्चार क्षेत्रमा स्वदेशी पूँजी, श्रम र सोचको सम्मान र प्रवद्र्धन गर्दै यस क्षेत्रमा विशिष्ट योगदान दिएका मिडियाकर्मी हुनेछन् । मिडियाकर्मी्भित्र सञ्चार उद्यमी तथा प्रकाशन, प्रसारण, अनलाइन, फोटो पत्रकारिता, व्यंग्यचित्र कलाकारिता लगायतका विधामा समर्पित पत्रकारलाई समेटिने पनि जानकारी गराइएको छ ।

दुवै स्मृति अवार्डका लागि प्रशंसायुक्त ताम्रपत्रका साथ एक–एक लाख रुपियाँ प्रदान गरिनेछ । अवार्ड पाउने व्यक्तित्वको नाम सम्मान समारोहमै घोषणा गरिने छ । गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् २०७६ समारोहको तयारी अन्तिम चरणमा चलिरहेको छ ।