गायिका सरिता भारती र रामकुमारले ल्याए नयाँ गीत लुडो र तास


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ पुष

गायिका, मोडल तथा ब्युटी न्युज नेपालकी समाचारदार्ता सरिता भारतीले र गायक रामकुमार बस्नेतसँग मिलेर आफ्नो स्वरमा नयाँ गीत लुडो र तास…श्रोता दर्शकमाझ ल्याएकी छिन् । यस अघि लोक पप गीत मेरो जवानी…ल्याएर विभिन्न अवार्ड समेत जितेकी सरिताको लुडो र तास पहिलो लोक दोहोरी गीत हो ।

नयाँ वर्ष सन २०२० को इभ अबसर पारेर डिसेम्बर ३१ राती यो गीतको भिडियो ‘ब्युटी न्युज नेपाल’को च्यानलबाट रिलिज गरिएको हो । पप आधुनिक गीत यस अघि दर्शकमाझ ल्याईसकेकी सरिताले लोक दोहोरी गायनमा लुडो र तास….बाट डेब्यु गरेकी छिन् ।

यो गीतमा अलिफ खानको सँगीत रहेको छ । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई सञ्चारकर्मी प्रदीप कँडेलले लेखेका हुन् ।

गायिका सरिता भारती र गायक रामकुमार बस्नेतको यो लोक दोहोरी गीत लुडो र तास…समाजमा रहेको बिकृति बिसँगति बिरुद्ध तयार गरिएको गीत हो । नेपाली युवाहरु नेताकै कारण बेराजगार भएपछि उनीहरुको दैनिकीलाई व्यँग्य गरेर यो गीत तयार गरिएको छ । गीतको भिडियो हास्यप्रधान बनेको छ ।

गीत लुडो र तासलाई यो गीतका गायक रामकुमार बस्नेतले नै निर्देशन र प्रदिप भण्डारीले मुख्य सहायक निर्देशन गरेका हुन् । जसमा टँक केसीको छायाँकन, तार्जन खड्काको सम्पादन रहेको छ ।

यो गीतको भिडियोमा गायिका सरिता भारती आफैं मुख्य भूमिकामा रहेकी छिन् । जसमा सरिता भारतीसहित रामकुमार खत्री, मनिषा लोकान्द्री, कुमार खत्रीलगायतको अभिनय छ ।

मोडलिङको हिसाबले सरिता भारतीको यो पाँचौ म्युजिक भिडियो हो । यसअघि उनले मुटुमा तिमी मेरो…(आधुनिक), तिम्रो आँखामा… (आधुनिक), हे बैजु…(देउडा), शहर आएपछि…(लोक दोहोरी), मेरो जवानी…(पप आधुनिक) जस्ता गीतको भिडियोमा मोडलिङ गरिसकेकी थिईन भने अहिले आफ्नै गीत लुडो र तास…मा पनि मुख्य भूमिकामा छिन् ।

गायिका सरिता भारतीका अरु तीन ओटा गीतहरु तयार छन् । ती गीतहरु क्रमस रिलिज गर्दै जाने उनले बताएकी छिन् ।