नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डमा मनोनीतलाई प्रमाणपत्र


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ मँसिर

आगामी माघमा रुसको मस्को र हङकङमा म्युजिक अवार्ड समारोहबीच प्रदान गरिने भनिएको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डमा मनोनितलाई पोखरमा भव्य कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको छ । यसै विषयमा हामीले पोखरा पुगेर बनाएको बिशेष रिपोर्ट यहाँ प्रस्तुत गर्दैछौं । ब्युटी न्युज नेपाललाई सस्क्राईब गनुका साथै नयाँ नयाँ भिडियोका लागि सस्क्राईबसँगै रहेको घन्टी थिच्न नभुल्नु होला ।

बक्स अफिस इन्टरनेशनल ग्रुपले ३२ विधामा उत्कृष्ट ५ मा मनोनयनमा परेकाहरुलाई कदरपत्र सहित नमोनयनको प्रमाणपत्र प्रदान गरेको हो । यी ३२ विधामै उत्कृष्ट मध्ये १ लाई आगामी माघमा अवार्ड प्रदान गरिने छ ।

पर्यटकीय नगरी पोखरा स्थित हलनचोकमा रहेको फेवा किनारका अन्नपूर्ण इभेन्टसको प्रँगनमा नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको मनोनयनमा पर्न सफल कलाकार तथा स्रष्टालाई प्रमाणपत्र वितरण गरिएको छ ।
सुरुमा पोखराको लेकसाईडबाट कलाकारहरुको म्युजिक प्रभातफेरी आयोजना गरिएको थियो । सो म्युजिक फेरी लेकसाईडबाट कार्यक्रम स्थलसम्म पुगेको थियो ।

त्यो भन्दा अघि शुक्रबार बेलुका बिन्ध्यवासिनी मन्दिर पुगेर अवार्डको सफलताका लागि कलाकारहरुले दीप प्रज्ज्वलन गरेका थिए । शनिबार बिहान पनि फेवातल स्थित तालबाराही मन्दिरमा पुगेर आयोजक आरके सुवेदी सहित कलाकारहरुले अवार्डको सफलताको लागि पुजा गरे ।

नयाँ वर्ष २०२० स्वागत गर्दै भिजिट नेपाल–२०२० अवसरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अवार्डमा मनोनीतलाई तालनगरीमा आएर प्रमाणपत्र वितरणको चाँजोपाँजो मिलाइएको होे । सोको लागि झण्डै १ सय जना सिनेकर्मी, कलाकार तथा स्रष्टा ताल किनारको अन्नपूर्ण गार्डेनमा भएको समारोहमा भेला भएका थिए ।

३२ विधामध्ये चलचित्र, लोकगीत, पपगीत, आधुनिक गीत, भजन, राष्ट्रियगीत, लोकदोहोरी गीत, भाषाभाषी, मोफसल, म्यूजिक भिडियो, निर्देशक, मोडल, छायाकार, सम्पादक, गायक, गायिका, गीतकार, संगीतकार, रेकर्डिष्ट लगायत छन् । पोखरामा अन्य विधामा उत्कृष्ट पाँचलाई मनोनयन प्रमाणपत्र दिइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एवब् बरिष्ट सँगीतकार शम्भुजीत बासकोटा, अभिनेता धिरेन शाक्य, सँगीतकार बसन्त सापकोटा, चेतन सापकोटा, गायक यम बराल, निर्देशक शोभित बस्नेतलगायतका अतिथिहरुले कार्यक्रममा सहभागीलाई प्रमाणपत्र प्रदान गरे ।

विधागत रुपमा उत्कृष्ट ५ मनोनीत छान्नेमा संगीतकार शम्भुजित बास्कोटा, संगीतकार संघ अध्यक्ष शान्तिराम राई, रोयल्टी संकलन समाज अध्यक्ष महेश खड्का, संगीतकार संघ नेपाल उपाध्यक्ष चेतन सापकोटा, सचिव वसन्त सापकोटा, गायिक आनन्द कार्की, संगीतकार राजु सिंह, संगीतकार सुरेश अधिकारी, बक्स अफिस इन्टरेशनल ग्रुप अध्यक्ष आरके सुवेदी र महासचिव आरती बलामी थिए ।

sarita bharati winning national box office music video award -2019

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पूर्व उपकूलपति वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले कलाकारलाई जीवनमा संघर्ष जारी राख्न सुझाव दिए । प्रमुख अतिथिको भूमिकामा उपस्थित उनले भने, ‘कलाकारले संघर्ष गरे परिणाम सुन्दर हुन्छ, आफूले हिँडेको बाटोमा विचलित नभई यात्रा गर्दा नै गन्तव्यमा पुगिन्छ ।’

उनले झण्डै २४ वर्षअघि रवि लामिछानेको ‘यहाँको चलन यस्तै छ’ कार्यक्रममा फेवाताल किनारमै आएको स्मरण गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ«े छाया..’ गीत समेत गाए ।

नायक धीरेन शाक्यले कलाकारको सम्मान र कदरले कला क्षेत्रमा उत्साह थपिने बताए । गायक यम बरालले सिर्जनशील व्यक्ति बाँचिरहने जनाए ।

dabbu kshetri

संगीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रमा टिक्न संघर्षको विकल्प नभएको भन्दै नवप्रतिभालाई अगाडि बढ्न प्रेरणा दिए । सो अवसरमा नेपाली फिल्म र गीतसंगीतमा योगदान दिएकोमा पोखरेलीगायक सोभित बस्याल र सिनेकर्मी गणेश ढकाललाई सम्मान गरियोे ।

आयोजक संस्थाका अध्यक्ष आरके सुवेदीले पोखरा आफैमा प्राकृतिक स्टुडियो भएको र भ्रमण वर्ष प्रवद्र्धन हुने भएकोले यसपालि राजधानी बाहिर कार्यक्रम ल्याइएको बताए । पछिल्लो समय पश्चिमा गीतसंगीतको हावीले नेपाली मौलिक गीतसंगीत खस्किँदै गएकोमा बक्स अफिस इन्टरनेशनल ग्रुपले दोस्रो संस्करणको सो अवार्ड कार्यक्रम गर्न लागेको अध्यक्ष आरके सुवेदीले बताए । सो कलाकारबीच फुटबल प्रतियोगितासमेत भएको थियो ।