परदेशी २ मा सपूत हिरो, जापनबाट फर्केपछि फिल्ममा व्यस्त


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ पुष

चलचित्र ‘परदेशी–२’ गायक प्रकाश सुपत अनुबन्धित भएका छन् । परदेशीका अभिनेता प्रशान्त ताम्राकारले परदेशी २ मा समय दिन नसक्ने भएपछि यसमा प्रकाश सपुत अनुबन्धित भएका हुन् । यस अघि २०७२ सालमा दर्शकमाझ आएको चलचित्र परदेशी सुपरहिट भएपछि त्यसको सिक्वेलको रुपमा परदेशी २ निर्माण गर्न लागिएको छ ।

आगामी फागुनबाट छायाँकन सुरु हुने यो चलचित्रलाई नारायण रायमाझीले निर्देशन गर्दैछन् । फिल्मको स्कृप्टसँगै अहिले गीत सँगीतको काम भईरहेको छ । फिल्मको बाँकी कलाकारको चयन पनि चाँडै हुनेछ ।
गायक प्रकाश सपुत सोमबार राती दुई साताको लागि जापान उठेको छन् । जापानबाट नेपाल फर्किएकपछि फिल्मको बाँकी काममा आबद्ध हुने उनले बताएका छन् ।

दुई वर्ष अघि ‘बोल माया’ गीतबाट गायनसँगै अभिनयमा प्रकाश सपुत चर्चामा आएका थिए । त्यसपछि उनलाई गलबन्दीलगायतको गीतले हिट बनाएको छ । स्कुले जीवनमा नाटक खेलेको बताउने प्रकाशले नायक बन्ने सपना अब चलचित्र परेदशी २ बाट पुरा गर्नेछन् ।