मध्यरातमा जापान उडे ५ कलाकार


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ पुष

सन २०२० को स्वागतार्थ जापानको टोकियो लगायत विभिन्न शहरमा आयोजना गरिने साँगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागि पाँच जना नेपाली कलाकार सोमबार राती जापान उढेका छन् ।

अग्रज गायक यम बराल, युवा पुस्ताका गायक प्रकाश सपुत, हास्य अभिनेता विल्सन बिक्रम राई, गायिका प्राश्ना पाण्डे र वुगी वुगी नेपालकी बिजेता नृत्य कलाकार कविता नेपाली साँगीतिक कार्यक्रम प्रस्तुतिका लागि सोमबार राती १२ बजेपछि जापान लागेका हुन् ।

आपतकालिन राहत कोष स्थापनार्थ एनआरएनए जापानले आयोजना गरेको नयाँ वर्ष २०२० साँगीतिक धमाका र अर्को एउटा कार्यक्रममा सँयुक्त प्रस्तुति दिन आफुहरु जापान उडेको बरिष्ट गायक यम बरालले बताए । त्यसपछि आफ्नो अरु आधा दर्जन एकल कार्यक्रम रहेको पनि यमले जानकारी गराए ।

यस्तै गायक प्रकाश सपुत र हास्यव्यँग्य अभिनेता विल्सन बिक्रम राईले पनि आफ्नो अन्य प्रहसन पनि प्रस्तुत गरेर बल्ल नेपाल फर्कने बताएका छन् ।

यो साँगीतिक धमकामा नृत्य, गायन, हास्य प्रस्तुतिलगायत विविध गीत सँगीत प्रस्तुत गर्न लागेको पनि आयोजक पक्षले जनाएको छ ।