२० मोडल छानिए ‘आइसी डिजाइनर रनवे’का लागि


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ पुष

आगामी चैतमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’का लागि २० मोडल छानिएका छन् । शनिबार काठमाडौंको दरबारमार्ग स्थित म्याग्नम् लाउन्जमा आयोजित अडिसनबाट यी मोडल छानिएका हुन् ।

यी मोडल आगामी चैत्र ८ गते होटल हायात रिजेन्सीमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा र्याम्पमा प्रस्तुत हुनेछन् । ‘आइससी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो ।

आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, कर्मसियल फोटोग्राफर राजभाई सुवाल, पुर्व मिस नेपाल उषा खड्गी, मोडल अभिनेत्री श्रृजना रेग्मी निर्णायक रहेको अडिसनमा ११२ मोडलको सहभागिता रहेको थियो ।

भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरले प्रशिक्षण सहित अहिलेसम्मकै फरक तरिकाले उनीहअरुलाई र्याम्पमा उतार्नेछन् ।  २३ मोडलको सहभागीता रहने फेसन शोको म्यानेजमेनट जिम्बेवारी नेक्स्ट मोडल्स नेपालले लिएको छ । शोमा मोडलले ३४ डिजाइनरले तयार पारेका पहिरनका आकर्षक डिजाइनर र्याम्पमा प्रस्तुत गर्नेछन् ।