बिन्ध्यवासिनीमा द्धिप प्रज्वलनसँगै बक्स अफिस म्युजिक अवार्ड सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ पुष

बक्स अफिस इन्टनरनेशल ग्रुप प्रा.लि.को आयोजनामा दोश्रो संस्करणको नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड २०१९को कार्यक्रम शुक्रबारबाट पोखरादेखि सुरु भएको छ । यो अवार्डको नोमिनेशन कार्यक्रमका लागि यतीबेला सँगीतकर्मीहरु पोखरामा छन् ।

शनिबार बिहान पोखराको लेकसाईडबाट सँगीतिक प्रभातफेरी सहित हलनचोकको फेवकिनार स्थित अन्नपूर्ण गार्डेनमा यो अवार्डको उत्कृष्ट १० को मनोनयनलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । बरिष्ट सँगीतकार शम्भुजीत बासकोटाको विशेष आतिथ्यमा हुने यो कार्यक्रममा बासकोटा सहित सँगीतकारहरु सुरेश अधिकारी, महेश खड्का, बसन्त सापकोटा, चेतन सापकोटा, गायक यम बराललगायतका सँगीतकर्मीहरुको विशेष उपस्थिति रहने छ ।

यसै क्रममा बिहिबार बेलुका पोखराको विन्ध्यवासिनी मन्दिरमा यो महोत्सबको शुभारम्भ स्वरुप दीप प्रज्वलन गरेर शान्तिको कामना सहित कार्यक्रमको सफलताको शुभकामना आदन प्रदान गरियो ।

बक्स अफिस इन्टनरनेशल ग्रुप प्रा.लि.का अध्यक्ष आर के सुवदीले यो अवार्ड आगामी माघमा रशियामा आयोजना गरिने बताए । यस्तै निर्देशक शोभित बस्नेत, मदन घिमिरेले पनि अवार्डको पहिलो संस्करण निकै सफल भएकाले दोश्रो संस्करण पनि बिदेशमा त्यत्तिकै सफल हुने विश्वस सहित सफलताको शुभकामना प्रदान गरे ।

अभिनेता सितल केसी र अभिनेत्री शुभेच्छा थापाले चलचित्र सम्बन्धि बक्स अफिल फिल्म फेयर अवार्ड बिगत १२ वर्षदेखि बिदेशमा सफलत आयोजना गर्दै आएका पत्रकार आरके सुवेदीले म्युजिक अवार्ड पनि बिदेशमा त्यत्तिकै सफताका साथ आयोजना गर्न थालेको बताए । आफुहरु पनि यो अवार्डमा सहभागी हुन पाउँदा खुसी लागेको उनीहरुको कथन थियो ।

शनिबार बिहान मनोनयन कलाकारहरुलाई सम्मानपत्र प्रदानपछि दिउँसो लेखनाथ नगरपालिकाको खेल मैदानमा बक्स अफिस मैत्रीपूर्ण फुटबल कार्यक्रम पोखराका बुद्धिजिबी र नेशलन बक्स अफिस म्युजिक भिडियो अवार्डमा सहभागी कलाकारबीच हुने पनि आयोजक आरके सुवेदीले जानकारी गराएका छन् ।