ब्युटी न्युज नेपाल
काठमाडौं, ९ पुष

मिस ग्ल्याम नेपालको मिस ग्ल्याम नेपालको अन्तिम प्रतिस्पर्धीका रुपमा २० जना युवती छनोट भएका छन् । बिभिन्न अडिशनबाट २० जना युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको मिस ग्ल्याम नेपालका अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए ।

प्रतियोगिताले किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने र नेपाली पोशाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको अध्यक्ष तामाङलेले बताए ।

सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने म्यानेजिङ डाइरेकटर सुस्मिता गालेले जानकारी गराइन । त्यस्तै प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराइनेछ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी माघ ४ गते राजधानीको छायाँ सेन्टरमा हुँदैछ । प्रतियोगिताको ब्राण्ड एम्बेशडरमा गायक बुद्ध लामा रहेका छन् ।