कहीं कतैमा पदम र सोनिकाको (भिडियो)


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ पुष

गायक पदम भट्टराईले आफ्नो स्वरमा नयाँ गीत ‘कहिँ कतै तिम्रो सम्झनामा…’ को भिडियो दर्शकमाझ ल्याएका छन् । क्यानाडा निवासी गायक भट्टराईले तीन वर्ष अगाडि ‘कहिँ त होला’ बोलको गीत सार्वजनिक गरेका थिए । यो गीतबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएका उनी यसपटक पनि दर्शक तथा स्रोताको माया पाउनेमा आशावादी छन् ।

काठमाडौंका विभिन्न स्थानमा खिचिएको गीतको भिडियोमा गायक भट्टराई स्वयंले अभिनय गरेका छन् । उनीसँगै मोडल सोनिका केसीले अभिनय जोडी बनेर रोमान्स गरेकी छिन् ।

गायक भट्टराईको आफ्नै यूट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको रोमान्टिक थिमको भिडियोको निर्देशन नियोन क्रियशन स्टूडियोले गरेको हो । गीतले पदम र सोनिकाको प्रेम भाव बोल्छ । भिडियोमा दुईको केमेस्ट्री सुहाएको देखिन्छ ।

गणेश न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा विक्रम कार्कीको एरेञ्ज छ । गायक भट्टराईले यसपटक आफूले दर्शक तथा स्रोतालाई स्पेनिस फ्लेवर दिन खोजेको बताए । सानैदेखि गीतसंगीतमा रुचि राख्ने उनी चाँडै नयाँ गीत पनि लिएर आउने तयारीमा छन् ।