ब्युटी न्युज नेपाल
काठमाडौं, ८ पुष

आगामी २८ चैतमा रिलिज गरिने भनिएको चलचित्र चपली हाईट–३ को छायाँकन सोमबार रातिबाट सकिएको छ । अर्जुन कुमार निर्मित यो फिल्मको छायाँकन राजधानी आसपासका क्षेत्रमा गरियो । यो चलचित्रको छायाँकन ३२ दिनमा सकिएको निर्माता अर्जुन कुमारले बताएका छन् ।

चपली हाईट ३ मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका छ । सस्पेन्स थ्रिलर सिनेमालाई निकेश खड्काको निर्देशन गरेका हुन् । यस अघि उनले अर्जुन कुमारकै फिल्म फाटेको जुत्ताको निर्देशन गरेका थिए ।

चलचित्र चपली हाईट र चपली हाईट २ पछि यतीबेला चपली हाईट ३ निर्माण गरिएको हो । २८ चैतबाट प्रदीप खड्का अभिनित फिल्म प्रेम गीत ३ रिलिज हुँदैछ । त्यो मितिमा यी दुबै जुध्दैछन् ।