चाईल्ड आईकन पोखरामा ५० प्रतिस्पर्धी


ब्युटी न्युज नेपाल
पोखरा, ७ पुष

पहिलो संस्करणको सफलतापछि मिडिया ल्यान्ड काठमाडौंले पोखरा र दोस्रो संस्करणको ‘चाइल्ड आइकन २०२०’ प्रतियोगिता आयोजना गर्दैछ । यो प्रतियोगितामा अडिसनबाट ५० जना बालबालिकाको चयन भएका छन् । पोखरामा शनिबार भएकोे प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकास कार्यक्रममा पोखराका १५ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसबाट प्रतियोगीहरु अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका हुन् ।

चाइल्ड आईकन पोखराको चयन आगामी ११ माघमा हुने फाईनल प्रतियोगिताबाट गरिने भएको छ । त्यसअघि बालबालिकालाई १५ दिनको तालिम दिइने मिडिया ल्याण्डकी प्रबन्ध निर्देशक प्रतिमा श्रेष्ठले जानकारी गराइन् । उनका अनुसार फाइनलमा ५० जना बालबालिका सबैले प्रस्तुती राख्नेछन । उनीहरुलाई यसअघि पोखरामै ३ वटा अडिसनबाट छानिएको हो । कार्यक्रमको अन्तिम दिन विभिन्न चरणको प्रतियोगिताको समेत आयोजना गरिएको उनले बताइन् । प्रतियोगिताको विजेताले रु १ लाख सहित गिफ्ट ह्याम्पर तथा अन्तराष्ट्रिय प्रतियोगितामा समेत भाग लिने अवसर पाउने छ । प्रतियोगितामा फस्ट रनरअप, सेकेन्ड रनरअप, सिनियर जुनियरलाई समेत पुरस्कार प्रदान गरिनेछ । काठमाडौं, धरानको सफलतासँगै मिडिया ल्यान्डले यो प्रतियोगिता पोखरामा पनि गतसालबाट आयोजना सुरु गरेको हो ।

यो प्रतियोगितामा यसपटक कास्की मोर्डनाइज एकेडेमी, कुमुदिनी होम्स उच्च माध्यमिक विद्यालय, पोखरा एकेडेमी, मदरल्याण्ड उच्च माध्यमिक विद्यालय, टप्स बोर्डिङ स्कुल, फिस्टेल एकेडेमी उच्च माध्यमिक विद्यालय, प्रतिभा उच्च मावि, शुभतारा थ्रि एण्जल्स मिसन विद्यालय, स्टेप बाइ स्टेप उच्च मावि, नवदीप बोर्डिङ स्कुल, पोखराको शिशु निकेतन, थ्रि एम्स, सिर्जना उच्च माध्यामिक विद्यालय, न्युलाईट बोर्डिङ स्कुलका विद्यार्थीहरुले सहभागी छन् ।