दार्जिलिङबाट बन्यो चलचित्र जिउँदो


ब्युटी न्युज नेपाल

काठमाडौं, ७ पुष

पछिल्लो समय पूर्वी भारतको दार्जिलिङबाट नियमित रुपमा नेपाली चलचित्र निर्माण हुने गरेका छन् । यसै क्रममा त्यहाँबाट चलचित्र ‘जिउँदो’ निर्माण भएको छ । यो चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । पौराणिक कथामा निर्माण भएको भनिएको यो फिल्मको ट्रेलर शनिबार युट्युब च्यानलबाट रिलिज गरिएको हो । सिनेमामा पूर्वी नेपाल तथा दर्जिलिङका स्थानिय कलाकारको अभिनय रहेको छ ।

अलमिस्ट सुब्बाको निर्देशन रहेको यो सिनेमाको रिलिज मिति तोकिएको छैन् । सिउँदोमा श्रद्धा शर्मा, प्रनिशा गहतराज, अलमिस्ट सुब्बा, बिरबल सुब्बा, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराईली, निखिल गुरुङ, अशोक तामाङ लगायतका कलाकारको अभिनय छ ।

रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा निर्माता रहेको सिनेमाको कथा, पटकथा तथा संवाद निर्देशक सुब्बाकै हो । अभिजित सरकार कार्यकारी निर्माता रहेको यो फिल्ममा चंचल थापा र भास्कर थामीको छायाँकन, समीर शर्मा, रजत विश्वास, अभिषेक ’पिकोलो’ राई, सुमित राई, दिवस विश्वासको संगीत र चंचल थापा, स्यानन्त नाग, निर्देशक अलमिस्ट सुब्बाको सम्पादन छ । बितरणको जिम्मा नेपालका लागी सुनिल मानन्धरले लिएका छन् ।