ब्युटी न्युज नेपाल
काठमाडौं, ६ पुष

कामना कला केन्द्रले आयोजना गरेको ‘कामना लिटिल डान्स च्याम्पियन २०१९’ मा लक्की शेर्पा उत्कृष्ट भएकी छिन् । काठमाडौंमा आयोजित अन्तिम प्रतिस्पर्धामा लक्की उत्कृष्ट भएकी हुन् । प्रतियोगी ३७ जना विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुको प्रस्तुति एक से एक थियो। जसले गर्दा शारदा सोती शर्मा लगायतको निर्णायक टीमलाई निर्णय गर्न पनि हम्मे–हम्मे परेको उनीहरुले बताए ।

सेमी–फाइनलवाट २१ जना फाइनलमा पुगेको थियो । पुसको अत्यन्त चिसो याममा पनि ती २१ जना बालबालिकाहरुले बबाल प्रतिभा प्रदर्शन गर्दा सवैलाई न्यानो अनुभव भएको थियो।

प्रतियोगितामा उत्कृष्ट हुँदै लक्कीले नगद १० हजार सहित ट्रफी प्राप्त गरेकी छन् । त्यस्तै फस्ट रनरअप र सेकेण्ड रनरअप आयुप तामाङ र कृतिका सुनुवार घोषित भए । उनीहरुले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे । फाइनलमा प्रतिस्पर्धीहरुमा आयुषा लम्सालले बेस्टा चर्मिङ अवार्ड जितिन भने अन्य १७ प्रतियोगीले विभिन्न अवार्ड पाए ।

आयोजक कामना कला केन्द्रका संस्थापक निर्देशक तथा अग्रज नृत्य निर्देशक भुवन श्रेष्ठका अनुसार, विभिन्न चरणमा सहभागी कक्षा प्ले–ग्रुपदेखि कक्षा ४ सम्म अध्ययनरत भाइबहिनीहरु मध्येबाट अडिसन राउण्ड, मेगा राउण्ड, थियटर राउण्ड सुपर सेमी राउण्ड, टप सेलेक्टेड राउण्ड हुँदै अत्यन्तै प्रतिभावान् ३७ जना भाइबहिनीलाई सेमीफाइनलमा उतारियो । जसबाट फाइनलमा २१ जना पुगेका थिए ।

प्रतियोगितामा ३८ विद्यालयका १ हजार २ सय जना विद्यार्थीहरुको सहभागी थिए । कार्यक्रम संयोजक नृप खत्री र केशव कोइरालाका अनुसार प्रतियोगीहरुका लागि यो एक अबसर पनि हो । कार्यक्रम काठमाडौंको गौशाला पिंगलास्थान स्थित नेपाल संगीत विद्यालयमा भव्य तथा सभ्य ढंगवाट कामना लिटिल डान्स च्याम्पियन २०१९ भएको थियो।