पथरीकी रिजु मिस पुर्वान्चल २०१९


ब्युटी न्युज नेपाल
धरान, ६ पुष

मिस पूर्वाञ्चल को दशौं संस्करणको उपाधि १९ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै पथरी शनिश्चरे, मोरङकी रिजु भट्टराईले हाँसिल गरेकी छिन् । मुख्य निर्णायक गायक दीप श्रेष्ठको नेपाल भ्रमण बर्ष २०२० सफल हामीले बनाउन गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो ? भन्ने प्रश्नको लिखित जवाफमा उनी उत्कृष्ट भएकी हुन् ।

बिजेता रिजुलाई ओम शान्ति कम्पनि लिमिटेड, कोरियाका अध्यक्ष गंगाराज राईले रु दुइ लाखको चेक हस्तान्तरण गरे भने सिजीका मनिष सिंहले हंगकंग टुरको टिकट दिनुभएको थियो । कार्यक्रममा उनलाई पर्यटकीय स्थल भेडेटारको नया भेडेटार पर्यटन सद्भावना दुत घोषणा गरियो ।

मिस पुर्वान्चल २०१९ को फस्ट रनरअप खोटाङकी एन्जल राई भईन् । उनले भेडेटार एडभेन्चरका निर्देशक किरण राईले नगद १ लाखको चेक हस्तान्तरण गरेका थिए । सेकेन्ड रनर अप धरानकी सिम्रन लिम्बु घोषणा भईन । उनलाई युएन नवोदय कलेजका बिएचएम संयोजक गगन श्रेष्ठले नगद पचास हजारको चेक हस्तान्तरण गरे ।

धनकुटाकी रेश्मा राई पब्लिक चोइस, धरानकी अनुपम बस्नेत मिस ट्यालेन्ट, इटहराकि बिपना तामाङ मिस बेस्ट कम्प्लेसन, सुष्मिता बराईली बेस्ट वाक र धरानकी स्वेता पोखरेल मिस फ्रेन्डशिप घोषित भए । उनीहरुले उपाधी सहित जनही १५ हजार रुपैयाँ पाए ।

सिल्भर इन्टर टेनमेन्टको आयोजनामा सम्पन्न मिस पूर्वाञ्चलको दसौ संस्करणमा मिलान्ज फेशन इटहरी , लेडिजडे बुटिक, धरान र पूर्वेली ढाकाटोपी ट्रेडर्सको भेषभुषामा सजिएका २० जना प्रतिस्प्रधीहरु प्रियारानी लामाको कोरियोग्राफीमा स्टेजमा प्रस्तुत भएका थिए । मिस पुर्वान्चल २०१९ को निर्णायकहरुमा वरिष्ठ गायक दिप श्रेष्ठ , कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ, नायिका मेरुना मगर , फेशन पत्रकार तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, डा. सरुन कोइराला, ओम शान्ति कम्पनीका अध्यक्ष गंगाराज राई, बराह ग्रुपका कार्यबाहक प्रमुख गंगा कालिकोटे, मिस पुर्वान्चल २०१६ कृतिका गिरी, संचारकर्मी सुरेश राई र पत्रकार तथा कबि गोपाल देवान थिए ।

कार्यक्रममा नायिका मिरुना मगर, फेशन पत्रकार तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, मलेसियामा मिस ग्लामरको उपाधि जितेकी सिम्रन श्रेष्ठ र मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को उपाधि जितेकी प्रियारानी लामालाई आयोजक सिल्भर इन्टरटेनमेन्टले सम्मान गर्यो ।