दर्शकलाई मन पर्यो चलचित्र आमाको ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ पुष

आगामी ९ फागुन देखि देशव्यापी रिलिज हुने भनिएको दीपेन्द्र के खनाल निदेर्शित चलचित्र ‘आमा’को ट्रेलर रिलिज गरिएको छ । बिहिबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । यो ट्रेलर रिलिज भएको १४ घन्टामै युट्युव नेपाल ट्रेन्डिङमा आएको छ ।

एक पति तथा बुबा (देशभक्त खनाल) मस्तिस्क घात भएर अस्पतालको शैयामा मृत्यसँग जुधिरहँदा उनका श्रीमती र छोरीले ती बिरामीलाई बचाउन गरेको सँघर्षको कथा यो चलचित्रको ट्रेलरमा देखाईएको छ । जसमा आमाको भूमिकामा चरित्र अभिनेत्री मिथिला शर्मा छिन भने छोरीको भूमिका अभिनेत्री सुरक्षा पन्तले निर्वाह गरेका छन् ।

देशभक्तलाई जोगाउन मिथिला र सुरक्षाले गरेको चरम सँघर्षमा चलचित्र आमा केन्द्रित रहेको फिल्मको ३ मिनेट ४८ सेकेण्ड लामो ट्रेलरले प्रस्ट्याएको छ । सिनेमाको शिर्ष भूमिकामा पनि मिथिला शर्मा नै छिन् ।

यो चलचित्रमा सुरक्षा, मिथिला, देशभक्त सहित सरिता गिरी, विशाल पोखरेल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको मुख्य भूमिका छ । डिएस डिजिटलको व्यानरमा निर्मित सिनेमामा सुभाष भुसालको संगीत, दिर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ ।