यस्तो छ सिने स्टार अवार्डको नोमिनेशन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ पुष

पछिल्लो समय मेनपावर र कन्सलटेन्सीले पनि बिदेशमा चलचित्र र गीतसँगीतको अवार्ड गर्न थालेका छन् । यस्तै एउटा कन्सल्टेन्सी हिल्सा इन्टरटेन्मेन्टले क्यानडामा सिने स्टार अवार्ड गर्ने भन्दै दर्जनबढी बिधामा उत्कृष्ट ३ को मनोनयन सुची पनि सार्वजनिक गरेको छ । अवार्ड कस्तो हुन्छ, कतीजनाको भिषा लाग्छ, त्यो भन्न अहिले गाह्रो छ । तर आयोजकले बिहिबार एक समारोहबीच उत्कृष्ट तीनको नाम सार्बजनिक गरेको छ ।

क्यानडामा हुन गइरहेको पहिलो सिने स्टार अवार्ड २०२० को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आयोजकले टप थ्री नोमिनिज सार्वजनिकसँगै सम्बन्धित विधाका प्रतिस्पर्धीलाई प्रमाणपत्र वितरण गर्यो ।

गत वर्ष २०७५ सालभरी प्रदर्शनमा आएका फिल्महरु मध्येबाट अवार्डको निर्णायक समितिले उत्कृष्ट तीन प्रतिस्पर्धी चयन गरेको हो । आगामी फेब्रुअरी २२ तारिखमा टोरन्टोमा हुने अवार्ड समारोहमा कुल १२ विधामा अवार्ड प्रदान हुनेछ भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड क्रमशः निर्णायक र आयोजकले प्रदान गर्नेछ ।

प्रतिस्पर्धी विधाहरु

उत्कृष्ट फिल्मः
प्रसाद
छक्का पञ्जा ३
बुलबुल

उत्कृष्ट निर्देशकः
बिनोद पौडेल ( बुलबुल
दीपाश्री निरौला ( छक्का पन्जा ३
दिनेश राउत ( प्रसाद

उत्कृष्ट पटकथाः
दीपकराज गिरी ( छक्का पन्जा ३
सुशील पौडेल ( प्रसाद
बिनोद पौडेल ( बुलबुल

उत्कृष्ट अभिनेताः
अनमोल केसी ( ए मेरो हजुर ३
विपिन कार्की ( प्रसाद
सलिनमान बनियाँ ( यात्रा

उत्कृष्ट अभिनेत्रीः
स्वस्तिमा खड्का ( बुलबुल
सृष्टि श्रेष्ठ ( रोमियो एण्ड मुना
नम्रता श्रेष्ठ ( प्रसाद

उत्कृष्ट सह अभिनेत्रीः
लक्ष्मी वर्देवा ( बुलबुल
सुरक्षा पन्त ( गोपी
प्रियंका कार्की ( नाइँ नभन्नु ल ५

उत्कृष्ट सह अभिनेताः
सलोन बस्नेत ( ए मेरो हजुर ३
सौगात मल्ल ( जय भोले
केदार घिमिरे ( छक्का पन्जा ३

उत्कृष्ट सम्पादनः
बनिश शाह र मिलन श्रेष्ठ ( रामकहानी
निमेष श्रेष्ठ ( साइँली
बिपिन मल्ल ( छक्का पन्जा ३

उत्कृष्ट सिनेमाटोग्राफरः
मानकृष्ण महर्जन ( छिरिङ
आलोक शुक्ला ( लभ स्टेशन
पुरुषोत्तम प्रधान ( छक्का पन्जा ३

उत्कृष्ट पार्श्व गायिकाः
प्रविशा अधिकारी ( फुल होइन काँडा ( रोज
विन्दु परियार ( पहिलो नम्बरमा ( छक्का पन्जा ३
अन्जु पन्त ( बनकी चरी ( प्रसाद

उत्कृष्ट पार्श्व गायकः
प्रताप दास ( फुल होइन काँडा ( रोज
सुगम पोखरेल ( जिन्दगी नै भन्दिन ( ए मेरो हजुर ३
रुपक डोटेल ( बनकी चरी ( प्रसाद

उत्कृष्ट संगीतकारः
एलिश कार्की ( रोज
बसन्त सापकोटा ( नाइँ नभन्नु ल ५
दीपक शर्मा ( छक्का पन्जा ३