१ भोट बढी ल्याएर निर्देशक समाजको अध्यक्षमा रक्षा विजयी


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ मँसिर

नेपाल चलचित्र निर्देशक समाजमा एक भोट बढी ल्याएर अध्यक्षमा रक्षा सिंह राणा र उपाध्यक्षमा राजु अधिकारीले जितेका छन् । शनिबार चलचित्र विकाश बोर्ड चावहिलमा भएको चुनावमा ४४ मत ल्याएकी पूर्व अध्यक्ष सुचित्र श्रेष्ठलाई हराएर ४५ मत ल्याई १ मतले रक्षा सिंहले जितेकी हुन् । यस्तै ५७ भोट पाएका विजय रत्न तुलाधरलाई ५८ मतलर्य राजु अधिकारीले १ मतले जितेका हुन् । अर्का उपाध्यक्षमा ६२ मत ल्याई राजेन्द्र कुमार उप्रेती विजयी भए ।

निर्वाचनमा २१७ जना मतदाता भए पनि जम्मा १३५ मत मात्र खस्यो । चार जना अध्यक्ष उठेकोमा अध्यक्षका अन्य प्रत्यासीहरु लक्ष्मण रिजालले १९ र शेखर खनाल (भुईँकटर) ले ३ मत प्राप्त गरे । उपाध्यक्षका अर्का उम्मेदवार आर.बि.के शरदले २१ भोट पाए । यस अघि समाज बरिष्ट उपाध्यक्ष रक्षा तीन वर्षका लागि अध्यक्ष भएकी हुन् ।

यस्तै जनकदीप पराजुलीले ६१ मत प्राप्त गरी महासचिवमा बिजयी भए । महासचिबका उम्मेदवार समीर बलामी र दिनेश लिंगदेनले क्रमशः ४० र ११ भोट प्राप्त गरे । यस्तै सचिव पदमा ५९ मत प्राप्त गरेर अरुण कुमार प्रधान विजयी भए भने उनका प्रतिद्वन्दी जनक खड्काले ३६ र बिश्वमणी घिमिरेले १७ मत प्राप्त गरे ।

यस्तै समाजको कोषाध्यक्षमा समुन्द्र भट्ट, सह कोषाध्यक्षमा हरी सिलवाल निर्विरोध चयन भए । यस्तै सदस्यहरुमा किशोर भण्डारी, भीषण राई, राज बस्न्यात, दीपक ओली, देवेन्द्र पाण्डे र नविन अवाल र मुख्य सहायक निर्देशकबाट सदस्यमा थमन सिंह पुर्जा, सुरेश न्यौपाने निर्विरोध चयन भए ।