ब्युटी न्युज नेपाल
काठमाडौं, २७ मंसिर

‘दोश्रो फेसअफ प्लस टु २०१९’को उपाधि युवतीतर्फ इन्साईट भिजन कलेजकी मनिता चौलागाईं र युवातर्फ जेएमसी कलेजका रुकिन थापाले प्राप्त गरेका छन् । ग्रेस इन्टरनेश्नलले राजधानीकोे कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘फेसअफ प्लस टु २०१९’को अन्तिम प्रतिस्पर्धामा युवातर्फ लुम्बिनी कलेजका समिर दाहालले फष्ट रनरअप र इन्साईट भिजनका आकाश बुढाथोकीले सेकेण्ड रनरअप घोषित भए । युवतीतर्फ फष्ट रनरअप केब्स कलेजकी इन्कला कार्की र सेकेण्ड रनरअप विनायक सिद्ध कलेजकी सायरा कार्की घोषित भईन् ।

यस्तै पर्सनालिटी रूपेश बस्नेत, इन्कला कार्की, फोटो जेनिक मनिता चौलागाईं र लोकेन्द्र महोतरा घोषित भए । कन्फिडेन्ट रूपेश बस्नेत र इन्कला कार्की, फ्रेन्डसीप सुरज खड्का र सविता राई, स्टाइललिस्ट सुरज खड्का र चादनी खड्का, पपुलर लोकेन्द्र महोतरा र सायरा कार्की घोषित भए । बेस्ट वर्क सुनिल परियार र मिङ्मा शेर्पा, बेस्ट स्माइल चेरी लामा र नेहा शाही, कन्जिनारिटी आकाश बुढाथोकी र चाँदनी खड्का, भिवर्स च्वाइस रोशनी भण्डारी र कल्पना श्रेष्ठ, ट्यालेन्ट रूपेश बस्नेत र मिङ्मा शेर्पा, मल्टीमिडिया रेवन दाहाल सायरा घोषित भए ।

एनप्याब्सनका अध्यक्ष बिष्णु पराजुली प्रमुख अतिथि र विनायक सिद्ध कलेजका प्रिन्सिपल रामकृष्ण सिम्खडा तथा ग्रेस इन्टरनेटर नेसनलका प्रमुख एन्ड्रयु पौडेल अतिथि रहेको सो कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्य र निशा श्रेष्ठले गरेका थिए । प्रतियोगिताको निर्णायकमा अजयसिंह ठकुरी, प्रिया रानी लामा, महेश ज्ञवाली र छिरिङ शेर्पा, पूर्ण लामा, दीपक घिमिरे, निराजन थापा थिए ।