२४ विधामा एफएलएफ अवार्ड २०७६को मनोनयन


व्युटी न्युज नेपाल
काठमाडौं, २६ मँसिर

फाल्गुनन्द लिङदेन फिल्म्स्ले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्ड ‘एफएलएफ अवार्ड २०७६’ को मनोनयन पत्र वितरण भएको छ । यो लिम्बु भाषामा बनेको लिम्बु चलचित्र तथा म्युजिक भिडियोको संयुक्त अवार्ड हो ।

राजधानीमा एक कार्यक्रमकाबीच २४ विधाहरुमा मनोनयन पत्र वितरण गरिएको थियो । मनोनयन अनुसार निर्देशनमा किशोर सुब्बा, लोकेन सावा, सागर केरुङ मनोनयनमा परेका छन् भने नायकमा नरेन्द्र सेन्दाङ, सविन तुम्वाहम्फे, रुद्र पाहिम लिम्बु, भिम तुम्वाहम्फे मनोनयनमा छन् ।

त्यसै गरि नायिकामा मनोनयन हुनेहरुमा पुष्पा लिम्बु, बबिता फोम्बो, लक्ष्मी योङहाङ, दिव्या लिम्बु छन् । हस्त लिबाङ, अशोक राई, कुल्बा सुब्बा संगित विधामा मनोनित भएका छन् ।

गायनमा सुसन साम्सोहाङ, मनु नेम्वाङ, दिपा सुहाङ, मनि ताम्लिङ मनोनयनमा पर्न सफल भएकाछन् । भोटिङसहितको परिणाम पछि अवार्ड वितरण गरिने उक्त अवर्ड वितरण कार्यक्रम आगामी पौष २३ गते राष्ट्रिय सभा गृह हलमा हुनेछ । यस मनोनयन कार्यक्रममा पत्रकार उदयराज शर्मा र एमपि सुब्बालाई सम्मान गरिएको थियो ।

भाषा, संस्कृति, कला, साहित्य आदिको विकास विस्तार गर्ने ध्येयका साथ अवार्ड गर्दै आएको आयोजक संस्थाका अध्यक्ष दिनेश लिङदेनले बताएका छन् ।