निर्देशक समाजको अध्यक्षमा दिनेश डिसीको उम्मेदवारी, अरु आधा दर्जन उम्मेदवार


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ मँसिर

सुचित्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि निस्कृय भएको नेपाल चलचित्र निर्देशक समाज यतीबेला चुनावका लागि सक्रिए भएको छ । यही २८ मंसिरमा चलचित्र नेपाल निर्देशक समाजको नयाँ कार्यसमित चयनका लागि अधिवेशन तथा निर्बाचन हुने भएको छ । सो निर्वाचनको पूर्व सन्ध्यामा निर्देशकहरुको सक्रियता बढेको छ । समाजको नेतृत्व कसले गर्ने भन्ने चर्चा चलिरहेको बेला अध्यक्ष पदमा आधा दर्जन भन्दा बढीले उम्मेदवारी घोषणा सामाजिक सञ्जाल मार्फत गरेका छन् ।

यसै क्रममा समाजको अध्यक्ष पदमा पुन ः दोश्रो कार्यकालको लागि निर्देशक, कलाकार तथा संचारकर्मी दिनेश डिसीले उम्मेद्वारी दिने भएका छन् । डिसी नेपाली चलचित्रका निर्देशक तथा निर्माता र अभिनेता पनि हुन् ।

२०७० सालमा भएको निर्देशक समाज नेपालको निर्बाचन बाट उनि अध्यक्ष पदमा चुनिएका थिए । निर्देशक समाजको विभिन्न कार्यकारी पदमा बसेर सफलता पुर्बक आफ्नो कार्यकाल सम्पन्न गरेका चर्चित निर्देशक तथा संचारकर्मी दिनेश डिसीले निर्देशक समाजको हुन गईरहहेको यो अधिवेशनमा पुन अधक्ष्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । अघिल्लो कार्यकालमा निर्देशक समाजको हकहितको लागि मेही राम्रा कार्यहरु गरेको भन्दै सम्पूर्ण निर्देशकहरुको सुझाब अनुसार पुन अध्यक्ष पदमा उम्मेद्वारी दिने मनस्थिति बनाएको उनले बताएका छन् ।

दिनेश डिसी भन्छन,‘नेपाली चलचित्र क्षेत्र र निर्देशक समाजलाई अगाध प्रेम गर्नुहुने र अत्यन्त ठूलो प्रभाव राख्नु हुने साथीहरूले निर्देशक समाजको नेतृत्व लिन बल पुर्वक आग्रह गरिरहनु भएको छ । मेरो व्यस्तताको कारण मैले उम्मेद्वारीको लागि सहमति जनाइनसकेको भए पनि मलाई वहाहरुको आग्रहलाई अस्वीकार गर्न अत्यन्त कठिन भइरहेको अबस्थामा सम्पूर्ण चलचित्र निर्देशकहरु, चलचित्रकर्मी तथा कलाकारहरुकोआग्रह लाइ स्वीकार गर्दै निर्देशक समाजको अध्यक्ष पदमा उम्मेद्वारी निर्णय गरेको छु ।’

उनि थप्छन,‘हामी चलचित्र क्षेत्रमा अहोरात्र खटेर दिनरात नभनी यस क्षेत्रको हकहित तथा प्रबर्धनमा लागिपरेको छौ तसर्थ अब हुने आसन्न निर्बाचनमा सम्पूर्ण निर्देशक, चलचित्रकर्मीहरुको साथ, सहयोग सदभाब तथा मायाँ पाउने कुरामा दुइमत छैन ।’

यसरी अध्यक्ष पदका लागि दिनेश डिसीको उम्मेदवारी घोषणा हुँदै गर्दा अरुले पनि आफ्नो उम्मेदवारी अध्यक्ष पदका लागि घोषणा गरका छन् ।

सुचित्राको फेरी उम्मेदवारी

यसैबीच नेपाल चलचित्र निर्देशक समाजकी अहिलेकी अध्यक्ष सुचित्रा श्रेष्ठले फेरी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । नेपाल चलचित्र निर्देशक समाजको अहिलेसम्मको सबैभन्दा नालायक कार्यकाल भनेर सुचित्राको कार्यकाललाई निर्देशकहरुले घोषणा गरेका छन् । काम केही नगर्ने तर हरेक पदमा बस्नु पर्ने जहिले पनि पद चाहिने आरोप खेप्दै आएकी सुत्रिले सामाजिक सञ्जालमा तीन वर्ष अघिकै नारालाई फेरी पेष्ट गर्दै अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । समाजमा तीन वर्ष रहेर निर्देशक समाजकै अस्तित्व सँकटमा पारेको भन्दै उनकै कार्यसमितिका पदाधिकारी र सदस्यहरु रिसाएको बेला उनले उम्मेदवारको घोषणा गरेकी हुन् ।

शेखरको भिडियो योजना सहित उम्मेदवारी

यस्तै सुचित्रा श्रेष्ठकै कार्यसमितिमा रहेका निर्देशक शेखर खनालले पनि अध्यक्षको उम्मेदवारीको घोषणा गरेका छन् । उनले त आफु अध्यक्ष भएपछि गर्ने योजनाबारे भिडियो बनाएर सार्वजनिक समेत गरेका छन् । तर समाजमा आफु भन्दा सिनियर र योग्य व्यक्ती आएमा आफुले उम्मेदवारी फिर्ता लिन पनि सक्ने बताएका छन् । तर अहिलेका उम्मेदवारहरुबाट आफु आशाबादी नभएका कारण अध्यक्षको उम्मेदवारीको तयारी गरेको उनले बताएका छन् ।

दीपक र रक्षा पनि अध्यक्षको लविङमा

अध्यक्ष सुचित्र श्रेष्ठले फेरी अध्यक्षमा उम्मेदवारी दिन्छु भनिरहेको बेला समाजको उपाध्यक्ष पदमा रहेका दीपक खाड र रक्षा सिंहले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । सुचित्रा श्रेष्ठको कार्यसमितिका यी दुई व्यक्तिलाई पनि असफलताको दाग लागेको छ । यी दुबै जना अहिले निर्वाचनको लागि सक्रिय भएका छन् । दुबैले अध्यक्षमा उम्मेदवारीको लागि प्रचार प्रसार थालेका छन् ।