मोफसलमा चलचित्रको बजारबारे हेटौंडामा बहस हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मँसिर

‘मोफसलमा नेपाली चलचित्रको बजार बिस्तारमा संचारकर्मी को भुमिका’ बिषयक अन्तरकृया कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुर शाखाले आयोजना गर्ने भएको छ । खस्कदै गएको चलचित्र क्षेत्रको अबस्थालाई मध्येनजर गर्दै संघले आगामी मंसीर ३० गते रिगल रिशोर्ट हेटौडामा अन्तरकृया आयोजना गर्न लागेको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए ।

संघको सोमबार बसेको कार्यसमितिको बैठकले आगामी हप्ता हेटौडामा अन्तरकृया गर्ने निर्णय गरेको अध्यक्ष गौतमले बताए । चलचित्र क्षेत्रसँग सम्बन्धित संघ÷संस्थाहरुको प्रतिनिधीत्व तथा उपस्थिती रहने अन्तरकृया कार्यक्रममा चलचित्र बिकाश बोर्डको सहयोग रहने छ भने चलचित्र पत्रकार संघ केन्द्रिय कार्यलयको समन्वय रहने छ ।

चलचित्र पत्रकार संघ हेटौंडा शाखा विगत १० बर्ष देखी मकवानपुरमा क्रियाशिल रहदै आएको छ । संघको पाचौ अधिबेशन आगामी पुष १ गते हुने समेत अध्यक्ष गौतमले बताए ।

अन्तरकृया कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष केशब भटराई बोर्ड सदस्य नरेन्द्र महर्जन चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी,चलचित्र संघ,निर्देशक समाज,समिक्षक समाज,चलचित्र पत्रकार संघ बुटवल,पोखरा,दाङ्ग,चित्तवन लगाएतका करीब ५० जना पत्रकारहरुको समेत सहभागीता रहने छ ।