आशिष र प्रिया मिस्टर एन्ड मिस रौनियार


ब्युटी न्युज नेपाल/जयन सुब्बा मानन्धर
काठमाडौं, २३ मँसिर

रौनियार समुदायका युवा युवतीबीच पहिलोपटक ‘मिस्टर एन्ड मिस रौनियार २०१९’ नेपाल सम्पन्न भएको छ ।

एमी इन्टरटेन्मेन्ट आयोजक रहेको सो प्रतियोगितामा प्रिया रौनियार पहिलो मिस रौनियारको उपाधि जित्न सफल भंइन् । पुरुषतर्फ मिस्टर रौनियारको उपाधि आशिष रौनियारले हात पारे ।

त्यस्तै महिलातर्फ क्रमश फस्ट रनरअप जानवी गुप्ता र सेकेन्ड रनरअप एञ्जल रौनियार घोषित भए । पुरुषतर्फ फस्ट रनरअप रोहित रौनियार र सेकेन्ड रनरअप मोहित रौनियार घोषित भए ।

प्रतियोगितामा राजधानी बाहिर विभिन्न ठाउँबाट एव राजधानीका ६० रौनियार युवायुवतीले आवेदन दिएकोमा १२ महिला र १२ पुरुष गरी २४ जना अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । पुरुषहरुका लागि अफिशियल डिजाइनर नबिन एवम् महिलाहरुका लागि टिपाज क्रिएशनले तयार पारेका आकर्षक डिजाइनमा २४ जना रौनियार प्रतियोगीहरु स्टेजमा आकर्षक देखिएका थिए ।

एड्भरटाइजिंग एसोसिएसन अफ नेपाल का अध्यक्ष रबिन्द्र कुमार रिजाल प्रमुख निर्णायक एवम् सिनियर डान्स डिरेक्टर गोबिन्द राई, फोटोग्राफर संजय रौनियार, नायिका संचिता लुइँटेल, कोरियोग्राफर एव कलाकार प्रशान्त ताम्राकार एवम् गायक सचिन रौनियार कार्यक्रमको फाईनलमा निर्णायक थिए । मिस्टर एन्ड मिस रौनियार २०१९ नेपालको फाईनल निकिता आचार्यले संचालन गरेकी थिइन् । मोडल रमिता भण्डारीको कुमारी नृत्यबाट सुरु गरिएको सो कार्यक्रममा गायक धिरज राई एव रबि राज शाहको सांगीतिक प्रस्तुतीले दर्शकहरूलाई थप मनोरंजन प्रदान गरेको थियो ।

सहभागीहरूलाई आवश्यक सम्पूर्ण ग्रुमिङ फेशन कोरियोग्राफर एवम् संचारकर्मी जयन सुब्बा मानन्धरले गरेकी थिइन् । प्रशिक्षण समयमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई प्रतियोगीहरूसंग साक्षात्कार गराईएको थियो । नृत्यमा बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई, फोटोग्राफी टिप्समा फेशन फोटोग्राफर संजय रौनियार, फेशन टिप्समा फेशन डिजाइनर तेन्जिङ छेतेन भुटिया, सेलेब्रेटी स्पीकर नायिका संचिता लुइँटेल एवम् गायक रबी राज शाहले पनि आफ्नो अनुभव बाँढेका थिए ।