ब्युटी न्युज नेपाल
कैलाली, २३ मँसिर

कैलालीको सुख्खडका भव्य साँगीतिक कार्यक्रम आयोजना गरिएको छ । घोडाघोडी एजुकेशन फाउण्डेशनले सो सँगीतिक कार्यक्रम तथा विधार्थीहरुलाई सहयोग कार्यक्रम आयोजना गरेको हो ।

घोडाघोडी फाउण्डेशनले एघारौँ बार्षिक उत्सवको अबसरमा आयोजना गरेको सो कार्यक्रममा काठमाडौंकी बरिष्ट समाजसेबी सुमित्रा प्रमुख अतिथि थिईन् । कार्यक्रमको अतिथिमा विभिन्न राष्ट्रिय कलाकारहरु थिए ।

बरिष्ट समाजसेवी सुमित्रा बस्नेतले सो कार्यक्रममा कैलाली जिल्लाका बिभिन्न तहमा बिशिष्ठ अंक प्राप्त गर्ने बिद्याथीहरुलाई नगद सहित बिभिन्न पुरस्कार, सम्मान र सहयोग प्रदान गरेकी छिन् । सो क्रममा त्यहाँका दुई दर्जन भन्दाबढी विधाथीहरुलाई पुरस्कार, उपहार सहित नगद प्रदान गरेको सुमित्राले ब्युटी न्युज नेपाललाई बताएकी छिन् ।
सो पुरस्कार प्रदान समारोहपछि कार्यक्रममा विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए । समारोहमा सक्किगोनिका हास्यकलाकार सुवोध गौतमले आफ्नो प्रहसन मार्फत दर्शकलाई पेट मिची मिची हँसाए ।

यसै चर्चित लोक कलाकारहरु खुमन अधिकारी, सम्झना लामिछाने मगर र रेखा जोशीले आफ्ना चर्चित गीतमार्फत दर्शकहरुलाई नचाए । कार्यक्रममा बरिष्ट समाजसेवी सुमित्रालाई आयोजकका तर्फबाट सम्मानसमेत गरिएको थियो ।